आजकल मातापितालाई एउटै मात्र गुनासो रहन्छ । बच्चालाई भोकै लाग्दैन । केही खाइदिँदैन । खाना नखाएकाले ऊ कमजोर हुँदै गएको छ ।बच्चा ले नखाइदिनाले मातापिताले तनाव लिने गरेका छन् । अनि आवश्यकता अनुसार स्वस्थ आहार नपाउँदा बच्चाको शारीरिक र मानसिक विकास हुन पाउँदैन ।

भारतको जयपुरस्थित जेकेलोन अस्पतालमा बाल रोग विशेषज्ञ डा अशोक गुप्ताले यसको समाधान बताएका छन् । प्रायः बच्चाहरूलाई भोक लागेन भनेर औषधि दिइन्छ । औषधि खाउन्जेल भोक लाग्छ अनि औषधि छोडेपछि भोक पनि बन्द हुन्छ । बच्चालाई ब्रेकफास्ट दिने गर्नुपर्छ । हाम्रो शरीर रातभरि उपवास गर्छ । सुत्नु र उठ्नुका बीच सात घन्टाको ग्याप हुन्छ । यो रातभरिको उपवासलाई सही मेटाबोलिजमतर्फ लग्नुपर्छ ।

अनि यसका लागि ब्रेकफास्ट आवश्यक हुन्छ । ब्रेकफास्टबाट मेटाबोलिक प्रक्रिया सही तरिकाले सुचारु हुन्छ र बच्चालाई भोक लाग्न थाल्छ । बिहान ब्रेकफास्ट नगर्ने बच्चाको भोक कम हुन्छ । त्यसैले पहिले उनीहरूलाई अवश्यै खाजा खुवाउनुस् । यसले मेटाबोलिजम नियन्त्रणमा राख्छ र बच्चालाई भोक लाग्छ ।

बच्चालाई अलिअलि गरी खुवाउनुस् । अनि बच्चाले खाएन भनेर दूध त पिइहाल्छ भनी आवश्यकताभन्दा बढी दूध दिँदा एक्सेसिभ मिल्क सिन्ड्रोम हुन्छ र बच्चालाई भोक कम लाग्छ । अनि खानापछि फ्रुट डेजर्ट दिँदा पनि बच्चा खानाप्रति आकर्षित हुन्छ । फलफूल खाँदा बच्चाको मेटाबोलिजम राम्रो रहन्छ ।

बच्चालाई फ्याट भएको खानेकुरा दिनुहुँदैन । त्यस्तो खानेकुराले भोक घटाउँछ । अनि बच्चाको व्यायाम र शारीरिक गतिविधि बढाउनुस् । टीभी र मोबाइल कम हेर्न दिनुस् । बच्चाको भोक बढाउनका लागि आउटडोर एक्टिभिटी बढाउनुस् । बसी बसी खुवाउँदा बोसो बढ्छ । बच्चालाई सही पोषण दिएर राम्रो विकास गराउनुस् । तातो वातावरणमा भोक नलाग्ने भएकाले बच्चालाई भान्सामा खाना नखुवाउनुस् । खाना खुवाउने ठाउँमा ताजा हावा आउनुपर्छ । यसले दिमाग शान्त रहन्छ र बच्चाले मन लगाएर खाना खान्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!