हिपमत डटकम

बुधबार, कार्तिक १२, २०७७ || 1618  पटक पढिएको

धेरै समयसम्म काम गर्ने अनि कम सुत्ने गर्नाले मानिसको शरीरमा गम्भीर असर पर्ने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । जो व्यक्ति ८ घण्टाभन्दा बढी लगातार काम गर्ने गर्छन् तिनीहरुका लागि निन्द्रा पनि उत्तिकै जरुरी हुन्छ ।

जर्मनीको विश्वविद्यालय युनिभर्सिटी अफ बनमा गरिएको एक अध्ययनका मुख्य लेखक ड्यानियल कुएटिन्गका अनुसार लामो समयसम्म काम गर्नेहरुलाई मुटुका धमनीहरु खुम्चिने, उच्च रक्तचाप, मुटुको धड्कन अस्वभाविक रुपमा बढ्ने जस्ता समस्या देखिन्छ ।

यसैगरी, केही अनुसन्धानहरुले कम निन्द्राले स्तन क्यान्सरको पनि सम्भावना बढ्ने बताएका छन् । यसका साथै, कोशिकाहरुमा पनि नोक्शान पुग्छ ।

भरपुर निन्द्राले मस्तिष्कलाई आराम दिलाउँछ । जति निदाइन्छ उति नै मस्तिष्कले नयाँ उर्जा प्राप्त गर्ने गर्छ । तर निन्द्रा नपुगेमा मस्तिष्क ताजा हुन पाउँदैन । जसले गर्दा थुप्रै प्रकारका मानसिक समस्या समेत पैदा हुन्छ ।

कम निन्द्राले हड्डीहरु कमजोर हुन सुरु गर्छ । कम सुताईले हड्डीहरुमा मिनरल्सको सन्तुलन गडबढ हुन गई जोर्नीहरु दुख्ने समस्या आउँछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!