हिपमत डटकम

मंगलबार, कार्तिक ११, २०७७ || 1079  पटक पढिएको

झापा प्रहरीले फरक क्षमता भएका व्यक्तिहरुसंग दशैं मनाएका छन् । सिमा प्रहरी चौकी खजुरगाछि झापाले गौरिगंज गाउँपालिका ४ मा रहेको फरक क्षमता भएका व्यक्तिहरु (अन्धो, अपाङ्ग) साथै टुहुरा बालबलिका तथा असहाय र तिनका अभिभावक गरि ९० जना विपन्नहरुलाई स्वस्थ्य सजगताको साथै भौतिक दुरी अपनाउदै दशैं मनाएका हुन् ।

खजुरगाछी प्रहरी चौकीको टिमले २०७७ सालको बिजया दशमीको अवसरमा फरक क्षमता भएका व्यक्तिहरुलाई कार्यालयमा बोलाइ खाना खुवाइ भलाकुसारी पश्चात घर पुर्याएको सिमा प्रहरी चौकी खजुरगाछिका ईन्चार्ज प्रहरी नायब निरीक्षक रमेश कुमार मेहताले बताए ।

अधिकाश संघ संस्थाले राजनितिकर्मी, पेशाकर्मी समाजका अगुवालाई दशैमा बोलाएर शुभकामना आदानप्रदान तथा खानपान गरेपनि खजुरगाछि प्रहरीले प्रहरी मेरो साथी भन्ने नारालाई सार्थक बनाउन ईट्टा थपेका छन ।

कोरोना कहरले आमनागरिकहरु आ–आफ्नै स्थानमा दशैं मनाए पनि नागरिकको सुरक्षार्थ खटिने सुरक्षाकर्मीले भने फरक क्षमताका व्यक्तिहरुसंग दशैं मनाएर खुशी साटेका छन् ‘कोरोना संक्रमणका कारण विगतका जस्तो नभएपनि सामान्य रुपमा यसपालिको दशैं पनि मनाएका छौं,’ प्रहरी नायब निरीक्षक मेहताले भने, ‘हाम्रो पहिलो प्रथमिकता भनेकै नागरिकको सुरक्षा गर्नु हो । ‘नागरिकको सुरक्षा संगै सुरक्षित रुपमा सिमित व्यक्तिहरु भेला गराई यसवर्ष दशैं मनाएका छौं ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!