हिपमत डटकम

शनिबार, कार्तिक ०८, २०७७ || 1244  पटक पढिएको

विराटनगर । बिराटनगरमा कोरोना बडी रहेको बेला भारतले जोगवनी नाका खोलिदिएको छ । तर नेपाल तर्फको नाका भने शिल छ । कोरोना महामारी नियन्त्रणका लागि भन्दै बन्द गरिएका सीमा नाकाहरू भारतले सिमा नाकाहरु आजदेखि खुलाएसँगै नेपालमा थप चुनौती थपिएको छ । भारतको गृहमन्त्रालयले अन्तराष्ट्रिय सीमानाका खुला गर्न औपचारिक रुपमा निर्देशन दिएपछि भारतबाट नेपालतर्फ आउनेहरुको भिडलाई रोक्न सीमामा खटिएका सुरक्षाकर्मीहरुलाई समस्या हुने देखिएको छ ।

भारतले सीमा नाका खुला गरेपनि नेपालतर्फ भने कार्तिक ३० गते सम्म बन्द रहने मन्त्री परिषदको निर्णय छ । मोरङका प्रमुख जिल्लाअधिकारी कोषहरी निरौलाले सरकारले नै नाका नखोल्ने भनेपछि एकतर्फी भारतले खुलाएपनि नेपाल तर्फको लगाइएको शिल अहिले नखोल्ने बताए । भारतबाट नेपाल तर्फ आउने नेपालीहरु भने आवातजावत समस्या नहोस भनेर प्रक्रिया पुरा गरेर आउनेहरुका लागी सिधै होल्डिङ एरीयामा राखेपछि मात्र घर जान पाउने निरौलाले बताउनुभयो ।
भारततर्फ सीमा नाका खुला भएपनि नेपालतर्फ अझै नाका बन्द नै रहेकोले यसलाई अझ व्यवस्थित बनाउनका लागि सुरक्षाकर्मीहरु कडा बनाइएको ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । भारतले सिमा नाका खुलेसँगै भारतबाट मान्छे आउनेहरुको भिड बढ्न सक्ने अर्को चुनौती सिमामा खटने जवान माथि थपिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!