खबर ठुलो छ

मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ‘ म तिमी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

रोमाण्टिक भर्सनको प्रेमी प्रेमिका विचको प्रेमभाव प्रस्तुत गरिएको छ। प्रशान्त जंग शाहको स्वरमा रहेको गीतमा प्रबेज जंग शाहको शब्द र संगीत रहेको छ।

म्युजिक भिडियोमा स्वयम् गायक शाह र निष्ठा शाही फिचर्ड छन् । टिम बेसमेन्टको छायांकन , सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। ‘बेसमेन्ट प्रोडक्शन नेपाल’ को अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

मोडलिङमा रुचि राख्ने प्रशान्तले यसअघि विभिन्न पुरुष सौन्दर्य प्रतियोगीतामा सहभागी भएर उपाधि जितिसकेका छन्। दशैँको अग्रिम शुभकामना सहित निर्माण टिमले यो भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन आग्रह गरेको छ ।

शुक्रबार, कार्तिक ०७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया