हिपमत डटकम

शुक्रबार, कार्तिक ०७, २०७७ || 983  पटक पढिएको

मध्यपहाडी (पुष्पलाल) लोकमार्गका विभिन्न खण्डमा रहेका ‘एलाइनमेन्ट’ को समस्या हटेको छैन । कतै अरु मन्त्रालयका योजना त कतै पहिले एकातिरबाट डिजाइन भए पनि स्थानीयवासीले अर्कातिर सडक लैजान मागे गरेपछि एलाइनमेन्टको समस्या हट्न नसकेको हो ।

राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजना र मध्यपहाडी लोकमार्ग खप्टने भएकाले कसरी अघि बढ्ने भनी छलफल भइरहेको छ । आयोजना निर्माण भएपछि धादिङ र गोरखामा गरी झण्डै ७० किमी सडक डुबानमा पर्ने मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताउनुभयो । यसबाहेक लमजुङलगायतका जिल्लामा पनि सडकको ‘एलाइनमेन्ट’ परिवर्तन गर्नुपर्ने माग भएको छ । कतिपय स्थानमा आफ्नो घरबाट जानुपर्ने माग भएको त कतै सडकको अधिकार क्षेत्रका कारण पछि घर भत्कने भन्दै अर्कातिरबाट लैजान माग भइरहेको छ । उहाँले भन्नुभयो, “यी स्थानमा पनि योजना कार्यालयहरुले आवश्यक समन्वय गरिरहेका छन् ।”

आयोजना निर्माण सम्पन्न गर्न तोकिएको अवधि झण्डै तीन वर्ष बाँकी हुँदा अझै कतिपय स्थानमा ‘एलाइनमेन्ट’ परिवर्तनको माग भएको छ । त्यस्ता समस्या भएका स्थानमा बाहेक अन्यत्र तोकिएको अवधिमा आयोजना सम्पन्न हुने प्रमुख केसीले बताउनुभयो । कतिपय स्थानमा मध्यपहाडी लोकमार्गकै स्तरमा नसकिए पनि सडक निर्माण गरिसकिने उहाँको जिकिर छ । उहाँले भन्नुभयो, “आव २०७९/८० सम्ममा पूरै सडक मोटर गुड्ने हुनेछ ।”

राष्ट्रिय यातायात नीति, २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा नेपालको मध्यपहाड हुँदै पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएको थियो । सोहीबमोजिम सरकारले मध्यपहाडी राजमार्ग नामकरण गरी आव २०६४/६५ बाट आयोजना शुरु गरेको हो । मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडमा बसोबास गर्ने करीब एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ । आयोजनाको शुरु विन्दु पाँचथर जिल्लाको चियोभञ्ज्याङ हो भने अन्तिम विन्दु बैतडीको झुलाघाट रहेको छ ।

सरकारले आव २०६९/७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ अघि बढाएको छ । यस राजमार्र्गको कुल लम्बाइमध्ये करीब एक हजार किमी आयोजना स्थापना हुनुअघि नै निर्माण भएर सञ्चालनमा रहेको पुरानो सडक रहेको छ । झण्डै ८७९ किमी नयाँ सडक निर्माण गर्ने कार्यका साथै आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!