हिपमत डटकम

बिहिबार, कार्तिक ०६, २०७७ || 883  पटक पढिएको

गत छ महिनाको अवधिमा देशभर एक हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक)को अभिलेखमा यीमध्ये ९० प्रतिशत घटना प्रभावितको आफ्नै समुदाय र परिवारमा भएको छ ।

उक्त तथ्याङ्कका आधारमा सो अवधिमा ४४ सामूहिक बलात्कारसहित ३६७ वटा (२२ प्रतिशत) बलात्कारको घटना छ । यसैगरी ८२५ वटा (४९ प्रतिशत) घरेलु हिंसाको घटना भएको छ भने १६० वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ७१ वटा (४ प्रतिशत) हत्याको घटना, ५१ वटा (३ प्रतिशत) बलात्कारको प्रयासका घटना सङ्कलन भएका छन् । साथै १८ वटा (१ प्रतिशत) मानव बेचविखन, ७६ वटा (५ प्रतिशत) यौन दुव्र्यवहार, ६१ वटा (४ प्रतिशत) आत्महत्याका घटना र ३१ वटा अन्य (२ प्रतिशत) घटना भएको ओरेकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!