हिपमत डटकम

बिहिबार, कार्तिक ०६, २०७७ || 710  पटक पढिएको

आज सम्म अपराधिक समूहले मानिसलाई अपहरण गरेको घटना सुनिएको थियो तर आज हामी कुकुरको अपहरण भएको चर्चा गर्न लागेका छौ । त्यसै पनि धेरै कुकुर सडकमा छाडिन्छन् । धेरैले घरमा पाल्न पनि चाहँदैनन् । तर, आयरल्यान्डमा एक कुकुरलाई बदमास मानिसहरुले अपहरण गरेर लगेका छन् । कुकुरलाई लगेपछि १० लाख फिरौती मागेका छन् । कुुकुर घरबाट केही दिन अगाडि हराएको थियो ।

घरमा पालेको कुकुर हराएपछि मालिकले साँढे तीन लाख रुपैयाँ इनाम दिने घोषणा गरे । तर कुकुर भेट्टिएन् । आफूले माया गरेको कुकुर हराएपछि निराश भएका परिवारमा एकदिन अचानक कतैबाट फोन आयो ।

एक व्यक्तिले कुकुर फिर्ता चाहिए १३ सय ब्रिटिश पाउन्ड अर्थात १० लाख भन्दा धेरै दिन धम्की दिए । सबैभन्दा आश्चर्यको कुरा चाहिँ के थियो भने यदि समयमा नै पैसा नदिएमा कुकुरलाई रुखमा झुन्डाएर फाँसी दिने अपराधीहरुले भनेका थिए ।

यस घटनाको बारेमा परिवारले स्थानिय मिडियालाई जानकारी दिए । मालिकले अपहरणकारीलाई धेरै सम्झाए तर उनीहरु मानेनन् । मालिकले आफुले पालेको कुकुरको नाममा फेसबुक पेज बनाए जसको कारण कुकुर फिर्ता मिलोस् । मालिकले अपहरणकारीलाई त्यति धेरै पैसा दिन नसक्ने बताउँदै आएका थिए ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!