हिपमत डटकम

बिहिबार, कार्तिक ०६, २०७७ || 2197  पटक पढिएको

बिहीबार बिहान  भारतको जोगवनी बजार नजिकै अन्दाजी २५/२६ वर्षीय एक नेपाली युवाको शव  भेटिएको छ । नाक र मुखबाट रगत बगिरहेको तथा शरीरका केही भागमा निलडाम देखिएका कारण उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । तर मृत भेटिएका युवाको पहिचान हुन सकिरहेको छैन ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै भारतीय भूमिका शव भेटिएको जानकारी दिए । उनका अनुसार घटनास्थल विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट लगभग सय मिटर पर भारततर्फ पर्छ ।

सीमा क्षेत्रका बासिन्दाले मृतक युवा सुनसरी इटहरीका भएको भनेर प्रहरीलाई जानकारी दिए पनि उनीहरुले नाम भने थाहा नभएको बताएका छन् । मृतक लागुऔषधका दुव्र्यसनी रहेको जानकारी प्रहरीलाई स्थानीयले दिएका छन् । लागुऔषध सेवनका लागि नियमित रुपमा जोगवनी आउजाउ गर्ने गरेका कारण स्थानीयले इटहरीका युवा भनेर चिनेको प्रहरीले जनाएको छ ।

प्रहरी थापाले आफन्त र परिवारका कोही पनि सदस्य सम्पर्कमा नआएकाले मृतकको पहिचान हुन नसकेको बताए । घटनाको प्रकृति हेर्दा हत्या हो या लागुऔषधको अत्याधिक सेवनका कारण ज्यान गयोभन्ने यकिन गर्न नसकिने उनको भनाइ छ ।

सीमा क्षेत्रका बासिन्दाले इटहरी घर बताएका कारण युवा नेपाली भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । मृतक युवाका अभिभावक र आफन्तको खोजी थालिएको थापाले बताए । दुवै हातमा ट्याटु रहेका मृतकले सेतो जुत्ता, निलो रंगको जिन्स पेन्ट र गाडा निलो रंगको सर्ट लगाएको जानकारी उनले दिए ।

भारतीय भूमिमा शव भेटिएका कारण घटनाको अनुसन्धान गर्दै कानुनी प्रक्रिया भारतीय प्रहरीले अघि बढाउने भएको छ । भारतीय प्रहरीले घटनास्थलबाट उठाएर शव पोस्टमार्टमका लागि लगेको छ । नेपाल–भारत सीमा क्षेत्रमा युवाको शव भेटिएका कारण घटनाको अनुसन्धानमा भारतीय प्रहरीलाई सहयोग गरिने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!