हिपमत डटकम

झापा माघ ४ :रक्तदान गर्नु भनेको एक व्यक्तिलाई नयाँ जीवनदान गर्नु हो। बर्तमान समयमा युबा बर्गहरु लागूऔषध ,मोबाइल र अन्य नकारात्मक कुरा को कुलतले बिग्रेको गाउँघर मा प्रसस्त उदाहरण छन।

तर हल्दिबारी गाउँपालिका मा चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभस फोरम का अध्यक्ष सामाजिक अभियान्ता अबिशेक खतिवडा ले कलिलो उमेर मा नै रक्तदान, समाजसेवा ,सरसफाइ ,जनचेतनामूलक कार्यक्रम , तथा बालबालिका युबा युवती टिन्सहरु मा सकारात्मक कार्यक्रम र समाज परिवर्तन गर्न लागि परेर एउटा भिन्न उदाहरण बनेका छन ।

उनीले आज दोस्रो पटक हल्दिबारी ४ निवासी सुकमाया लिम्बू लाई मेची हस्पिटल मा आइ सि यु कक्षमा बिमारी भएको अवस्थामा नेपाल रेडक्रस सोसाइटी झापा भद्रपुर शाखा गएर आफै रक्तदान गरेका छन। खतिवडाले आफ्नो रगतले कसैले नयाँ जीवन पाउछ भने आफू चै प्रतेक तीन महिनामा रक्तदान गर्ने र अरु लाई पनि गर्नु हुन सामाजिक संजाल मार्फत अनुरोध समेत गरेका छन।

हसिलो र मिलनसार खतिवडा सानो उमेर देखि समाज सेवा ,बिकास ,समाज परिवर्तन , महिला बालबालिकाको हकहित , र युबा वर्गमा आधारित सकारात्मक कार्यक्रम को नेतृत्वकर्ता पनि हुन ।उनी हल्दिबारी गाउँमा युबा तथा खेलकुद बिकास समिती ,रातमाटे बन , सामुदाय प्रहरी साझेदारी , चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभस फोरम , सगरमाथा टिन्स क्लब तथा अन्य विभिन्न युबा सस्था तथा सामाजिक सस्था मा समेत आवद्ध भएर कार्यक्रम गर्दै आउनु भएको पाइएको छ । खतिवडाले कक्षा ७ देखि यो क्षेत्रमा काम गरेको उहाँ अहिले कक्षा १२ मा अध्यानरत पनि हुनु छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!