हिपमत डटकम

बुधबार, कार्तिक ०५, २०७७ || 835  पटक पढिएको

डोटी । कोभिड–१९ को संक्रमणमा परेका नेपाली कांग्रेसका नेता तेजबहादुर पुन मगरको आज मृत्यु भएको छ । केआई सिंह गाउँपालिका–४ पूर्वीया बगरमा घर भएका ५० वर्षीय मगर केही दिन पहिले बिरामी भएपछि उपचारका लाागि कैलाली गएका थिए ।

उपचारका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्थायी अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार निमोनियासहित कोरोना संक्रमित मगरको उपचारकै क्रममा मृत्यु भएको हो । उनी काँग्रेस डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति संघ डोटीका अध्यक्षसमेत रहेका थिए। उनका दुई छोरा र एक श्रीमती छन् । रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!