हिपमत डटकम

बुधबार, कार्तिक ०५, २०७७ || 1048  पटक पढिएको

हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बबिता रोकायालाई हत्या गरेको आरोपितमध्ये सोही गाउँका ३७ वर्षीय रामचन्द डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपित डाँगीलाई प्रहरीले मोफ्ला गाउँबाट गिरफ्तार गरेको हो ।

प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार गत असोज १९ गते राति घरबाट बेपत्ता भएकी किशोरीको कात्तिक १ गते हिमा – १ पागरपालीस्थित हिमा नदीका छेउमा शव फेला परेको थियो । किशोरी बेपत्ता भएको हप्ता दिनपछि मोफ्ला गाउँदेखि माथि डाँडामा कपडा भेटिएकाले बरामद गरी प्रहरीले मुचुल्कासमेत गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले यही कात्तिक १ गते शव परीक्षण गर्दा किशोरीको पेटमा तीन महिनाको शिशु थियो । प्रहरी निरीक्षक भट्टराईले भने, ‘डिएनए र भिसिआर परीक्षणका लागि प्रहरी विज्ञान प्रयोगशाला काठमाडौँ पठाउने तयारी गरिएको छ ।’ किशोरीका आफ्न्तले हत्या गरेका आरोपमा मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय डाँगीका नाममा कर्तव्य ज्यान मुद्दा जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!