हिपमत डटकम

बुधबार, कार्तिक ०५, २०७७ || 958  पटक पढिएको

भौतिक मन्त्रीको अनियमितताले गण्डकी प्रदेश सरकार बद्नाम भएको छ ।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा गोरखा क्षेत्र न १ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित गोरखा, नारेश्वरका रामशरण बस्नेत गण्डकी प्रदेश सरकार मन्त्री छन् । तत्कालिन एमालेका गोरखा र मनाङका जिल्ला इञ्चार्जसमेत थिए उनी ।
पहिला साधारण जीवनशैली अपनाउने नेताका रुपमा चिनिन्थे । प्रदेश सभाको निर्वाचनपछि गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्री बने । त्यसपछि उनको जीवनशैली मात्र होइन्, आर्थिक हैसियतसमेत अचम्मसँग फेरियो ।
रामशरणले शुरुवाति दिनमा राम्रो काम गरेको चर्चा प्रदेशभित्र चलेपनि जब फिल्डमा भौतिक प्रगति देखिएन, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमेत चकित हुने अवस्थामा पुगे ।

मुख्यमन्त्री अनुगमनमा निस्किँदा उक्त मन्त्रालयको प्रगति नदेखिएको कुरा पार्टीकै नेतासँग बताएका थिए ।
रामशरणले कागजी प्रगति देखाई ठेकेदारसँग पैसा असुल्ने गरेको रिपोर्ट मुख्यमन्त्रीकहाँ पुगेपछि उनी आफैँ अनुगमनमा निस्किएका थिए ।
भौतिक मन्त्रालयका तत्कालिन सचिव ईश्वर मरहट्टासँग रामशरणको ‘हिसावकिताव’ नमिलेपछि अहिले उनीहरुवीच बोलचाल नै बन्द छ ।
रोचक त के छ भने, मन्त्री बस्नेतले दुई बर्ष अगाडि मरहट्टालाई काम गर्न सजिलो हुन्छ भन्दै त्यहाँ लगेका थिए । विभिन्न आयोजनामा कमिसनको विषयलाई लिएर विवाद भएपछि उनी अहिले मन्त्रालय छोडेर डोलिडारको महानिर्देशकका रुपमा काठमाडौं फर्किएका छन् ।
यसबीच रामशरणले कैयौँ पटक सचिव मरहट्टालाई फोन गरे । तर, ‘रेसपोन्स’ पाएनन् ।

स्रोतका अनुसार रामशरणले कमिसनको हिसाव किताब माग्न फोन गरेके भनी मरहट्टाले वास्ता नगरेका हुन् ।
गृह जिल्ला गोरखाका विभिन्न ठेकेदारसँंग मिलेर सडक आयोजना समेत अलपत्र पारेका छन् ।
विभिन्न आयोजनाबाट कमिसन खाएको भन्दै नेकपा जिल्ला पार्टीमा समेत चर्चा चल्ने गरेको छ ।
०७५ सालको माघ १८ गते अवैध क्रसर अनुगमन गर्न गएको टोलीलाई ‘त्यो मेरो क्रसर हो’ फिर्ता ह्ुन आदेश दिएका थिए ।

 

रामशरणका छोरा विनयको गत बैशाखमा विवाह भयो । उनी भारतमा डाक्टरी अध्ययन गर्दैछन् । विवाहमा बुहारीलाई २५ तोला सुन उपहार दिएको चर्चा अझै सेलाएको छैन ।
सचिवका कारण मन्त्री हैरान
मन्त्रालयका तत्कालिन सचिव मरहट्टामार्फत् धन आर्जन गरी पोखराको आँखा अस्पतालअगाडी ‘डबल लेन’ बाटोमा हालसालै उनले ११ आना जग्गा किनेका छन् । उक्त जग्गामा घर निमार्णका लागि नक्सा तयार हुँदै थियो । तर, सचिवको सरुवा भएपछि मन्त्रीको घर बनाउने सपना अलपत्र परेको उनी निकटस्थहरु बताउँछन् ।
ट्रायल सेन्टरमा ‘गोल्डेन शेयर’
नवलपरासीको कावासोतीमा रहेको ट्रायल सेन्टरमा समेत उनको ‘गोल्डेन शेयर’ रहेको स्थानीय नेकपा नेताहरु बताउँछन् । उनले भौतिक मन्त्रालयको अनुदानमा रहेको उक्त ट्रायल सेन्टर मिलाइदिएबापत २५ प्रतिशत ‘गोल्डेन शेयर’ हात पारेको नेताहरु बताउँछन् ।
रामशरणको बाहिरी कारोबार मिलाउन गोरखाको सहिद लखनका विशाल थापा सक्रिय हुने गरेका छन् ।

साभार-जनआस्था

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!