हिपमत डटकम

बुधबार, कार्तिक ०५, २०७७ || 733  पटक पढिएको

विराटनगर महानगरपालिकाको पहलमा म्याक्स इन्टरनेशनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगर–१५ महेन्द्र चौकमा आजदेखि ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा आएको छ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा सेन्टरका प्रवन्धक निर्देशक हेमनारायण मेहता वीच आज एक सहमती कायम भई अस्पताल सञ्चालन शुरु गरिएको छ।

सेन्टरले आफ्ना अन्य सेवा स्थगित गरी पाँच भेन्टिलेर र १२ शैयाको(सघन उपचार कक्ष (आईसियु)सहित अक्सिजन सहितको ५० शैय्या शुरु गरेको हो।

सेन्टरले १२÷१२ घण्टाको पालोमा चार चिकित्सक सहित ३८ जना स्वास्थ्यकर्मी कोभिडका सङक्रमित विरामीका उपचारका लागि सेवा प्रवाह गर्ने निर्देशक मेहताले बताउनु भयो।

महानगरपालिकाको तीन थान एम्वुलेन्स र सेन्टरको अक्सिजन सहित एक थान एम्वेलेन्सले कोभिड सङकमित विरामीलाई आवश्यक सेवा प्रदान गर्ने भएको छ ।

सेन्टरको निरीक्षण पछि महानगरपालिकाका प्रमुख पराजुलीले नागरिकको स्वास्थ्य प्रमुख दायित्व भएकोले सङक्रमितको उपचारका लागि कुनै कमित हुन नदिन आवश्यक पर्ने सहयोग महानगरपालिकाले उपलव्ध गराउने बताउनु भयो।

उहाँले निजी क्षेत्रको सहयोगमा महानगरले न्यूरो अस्पतालमा १५० शैय्या लगायत अन्य एक स्थानमा अस्क्सिजन सहितको १०० शैय्याको कोभिड आइशोलन सञ्चालनमा ल्याउन लागि रहेको जानकारी दिनु भयो।

महानगरपालिको कोभिड सङक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थान गर्नुका साथै विराटनगर–१९,बैजनाथपुर,मारवाडी सेवा सेदन,जैन भवन, काली सेवा सदन लगायतमा आइशोलसन सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!