हिपमत डटकम

मंगलबार, कार्तिक ०४, २०७७ || 540  पटक पढिएको

जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाभित्र मापदण्ड विपरीत सञ्चालित ढुङ्गा, बालुवालगायत नदी तथा खानीजन्य पदार्थको उत्खनन, ओसारप्रसार, भण्डारण र बिक्रीवितरणसँग सम्बन्धित सबै उद्योग एवं अन्य गतिविधि बन्द गर्न आग्रह गरेको छ । सहायक प्रजिअ ललितकुमार बस्नेतले आज सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि सो कार्य बन्द गर्न अनुरोध गरेका हुन् ।

प्रजिअ नारायणप्रसाद भट्टका अध्यक्षतामा प्रतिनिधिसभा र वाग्मती प्रदेशसभाका सदस्यका साथै स्थानीय जनप्रतिनिधि, एवं सरोकार निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ ।

उक्त सूचनामा नदी तथा खानीजन्य पदार्थको व्यवस्थापन सम्बन्धमा अध्ययन र अनुगमन गरी सुझाव पेश गर्न डिभिजन वन कार्यालय र ललितपुरका कार्यालय प्रमुखको संयोजकत्वमा सम्बद्ध अन्य निकायका प्रतिनिधि रहेको कार्यदल गठन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!