हिपमत डटकम

मंगलबार, कार्तिक ०४, २०७७ || 771  पटक पढिएको

कर्णाली प्रदेश सरकारको विवाद समाधान कसरी गर्ने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच मत बाझिएको छ ।

कर्णालीको विवाद समाधानका लागि छलफल गर्न कार्यकारी अध्यक्ष प्रचण्ड मंगलबार बिहान बालुवाटार पुगेका थिए । भेटघाटका क्रममा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रदेशको विवाद माथिबाटै समाधान गरिदिन प्रस्ताव गरेका थिए । तर, प्रचण्डले चाहिँ प्रदेशको विवाद प्रदेशले नै मिलाउनु उचित हुने जवाफ दिएपछि दुई अध्यक्षको मत बाझिएको हो ।
प्रदेश सरकार भनेको र संघको मातहतमा हुनुपर्छ भन्दै आएका प्रधानमन्त्री ओलीले कर्णालीको विवाद पनि दुई अध्यक्षले मिलेर समाधान गर्नुपर्ने प्रस्ताव गरेको तर प्रचण्डले नमानेको स्रोतले बतायो ।

संघीयताको मर्म र भावना अनुसार प्रदेश सरकारबारे त्यहीँको पार्टी र प्रदेश सभाले निर्णय लिनुपर्ने भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटारबाट मिलाउन खोज्दा सकारात्मक सन्देश नजाने जवाफ दिएर फर्किएको एक नेताले बताए ।

यसअघि गत शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश कमिटीका नेताहरुसँग भेटघाट गर्दा प्रचण्डले पहिल्यै छलफल भइसकेको भन्दै सहभागिता जनाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!