हिपमत डटकम

मंगलबार, कार्तिक ०४, २०७७ || 982  पटक पढिएको

आचार्य चाणक्यले बनाएका नीति आज पनि त्यत्तिकै सान्दर्भिक र बहु उपयोगी छन् । जो कसैले पनि चाणक्यको नीतिशास्त्रमा बताइएका नीतिको सही तरिकाले पालना गरेमा जीवनमा सबै प्रकारका सुख–सुविधा र सफलता प्राप्त गर्न सक्छ ।

१. कविसँग सधै सावधान रहनुः हामी मध्ये धेरैले सुनेका छौ एउटा भनाई, जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि । यसको मतलव सुर्यको रोशनी पनि नपुग्ने स्थानमा कविको सोच पुग्छ । उसले आफ्नो कविताको माध्यमबाट धेरै ठुला कुरा पनि सजिलै गर्न सक्छ । यसकारण चाणक्यले भनेका छन्, कविसँग भुलेर पनि दुश्मनी मोलन हुँदैन ।

२. जड्याहा व्यक्तिसँग सधै सावधानः जो व्यक्ति सधै रक्सीको नशामा डुब्छ उसँग कहिल्यै पनि मित्रता राख्नु हुँदैन । नशामा हुँदा उसले आफ्ना सबै मर्यादा भुल्छ । मनमा आएको कुरा बोल्छ । यसैले चाणक्यले यस्ता व्यक्तिसँग सधै टाढा बस्नु भनेका छन् ।

३.जबरजस्त गर्ने महिलाबाट सावधान रहनुः आचार्य चाणक्यको अनुसार पुरुषको तुलनामा महिलाहरुमा जबजस्तपन बढी हुन्छ । महिलाको जबजस्तको कारण पुरुषले यस्तो काम पनि गर्न सक्छन् जुन काम पुरुषले सोच्न पनि सक्दैन । यसकारण महिलाको कारणले व्यक्ति ठुलो संकटमा पनि पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!