हिपमत डटकम

मंगलबार, कार्तिक ०४, २०७७ || 906  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्र र बाहिर निरन्तर आक्रामक बन्दै आएका छन् । आफूलाई हटाउन पार्टीभित्रबाट दुईपटक प्रयास हुँदा पनि उनी रक्षात्मक बनेनन् । बरु एकपछि अर्को कार्ड फालेर विरोधीलाई पछि हट्न वाध्य पारे ।
पहिलोपटक सत्ता संकट आउँदा ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेर तरंग ल्याइदिए । उनलाई प्रतिनिधिसभा चुनाव जिताएर प्रधानमन्त्री बनाउने सम्मको प्रस्ताव राखेका थिए । यसले नेकपाभित्र उनीविरुद्धको मोर्चाबन्दी कमजोर बन्यो ।

दोस्रो पटक फेरि ओली घेराबन्दीमा परे । त्यतिबेला भने उनी निकै कठिन घडीमा थिए । तर, ओलीले फेरि वामदेवलाई नै प्रभावित पारेका थिए । आफूविरुद्ध छ जना सचिवालय सदस्य एकजुट भएर लाग्दा गौतमलाई पक्षमा पारेर घेराबन्दी तोडिदिए । त्यतिबेला पनि उनले वामदेवलाई नै कुनै आश्वासन दिएर साथमा ल्याएका थिए ।

अहिले फेरि ओलीमाथि सत्ता संकट बढेको छ । नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालका अलावा वामदेव गौतमले ओलीविरुद्ध मोर्चाबन्दी गरेका छन् । रणनीतिक रुपमा बढेका यी नेताहरुले ओलीमाथि चुनौती दिने संकेतहरु देखिइसकेको छ ।

बालुवाटारमा बोलावट भयो कि दौडने प्रचण्ड केही दिनयता जान मानिरहेका छैनन् । उनले निकटस्थलाई पनि पठाएका छैनन् ।
कर्णाली प्रदेशको विवाद मिलाउन ओली र प्रचण्ड केही दिनयता सँगै बसेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अर्का नेता यमलाल कँडेललाई राखेर सँगै बसेका छैनन् । यसले त्यहाँको विवाद चुलिने निश्चितप्राय भएको छ । तर, कर्णालीको विषयमा ओलीले नयाँ कार्ड प्रयोग गरेका छन् । उनले एकपछि अर्को कार्ड फालेर प्रचण्डको चुनौतीलाई फितलो बनाउने गरेका छन् ।

यसपटक ओलीले फेरि नयाँ कार्ड फाल्न सक्ने सम्भावना छ । उनले हालैमात्र मन्त्रिमण्डल पुर्नगठन गर्दा आफ्नै ढंगले गरे । पार्टीभित्र सल्लाह नभएको भन्दै असन्तुष्टि चुलिएको छ । यसैलाई एजेन्डा बनाएर प्रचण्ड नयाँ रणनीतिका साथ प्रस्तुत हुन तयार देखिएका छन् । यसका लागि उनले ओलीइतर समूहसँग निरन्तर छलफल चलाएका छन् । त्यसैले उनले अब बालुवाटारमा धाएर समस्या समाधान हुने आशा मारेको बुझिएको छ । प्रचण्ड पनि आक्रामक शैलीमा प्रस्तुत हुने तयारीमा छन् । त्यो परिणाम कर्णालीको राजनीतिबाट देखिनथाल्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!