हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 867  पटक पढिएको

लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । त्यसैले यसलाई घरायसी रुपमा प्रयोग समेत गर्ने गरिएको छ । प्राचिन समयदेखि नै विभिन्न भोजन र तरकारीमा मसलाको रुपमा लसुनको प्रयोग भएको पाइन्छ । लसुनले शरिरभित्र पैदा हुने अनेकौं रोगहरुको नाश गर्दछ ।लसुनले पाचन शक्तिलाई बढाउँछ । हृदय र कलेजोलाई उत्तेजक पार्न महिलाहरुको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्दछ । पिसावको समस्या, रक्तदोष, सुन्निे समस्या आदिमा पनि लसुन लाभदायक छ ।

गर्भावस्थामा भने यसको प्रयोग गर्नु राम्रो हुदैन । लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका विभिन्न भागलाई नियमित रुपमा काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका विभिन्न रोग लाग्ने संभावना न्युन हुन्छ । क्यान्सरको समस्यामा पनि लसुन लाभदायक देखिएको चिकित्सकहरुका अनुसन्धानले पुष्टि गरेको छ ।

लसुनको फाइदा :

१. ग्याष्टिक- विहान उठ्ने वित्तिकै नियमित एक केस्रा लसुनलाई मनतातो पानीसँग खाने गर्नले ग्याष्टिकको समस्या कम हुँदै जान्छ ।

त्यसैगरी भोग जगाउनुका साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ । पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा विहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २/३ केस्रा लसुन दूधसँग खाएमा फाइदा हुन्छ ।

२. उच्च रक्तचाप- लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न र मुटु सम्बन्धि समस्याबाट जोगाउन सहयोग पुर्याउँछ । उच्च रक्तचापका लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ । यसरी लसुन खाँदा भने एकै पटक नभएर पटकपटकको खानासँग खानु राम्रो हुन्छ ।

३. कोलेस्टेरोल- दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल १२ प्रतिसत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडितहरुका लागि समेत निकै फाइदाजनक छ । लसुनले रगत पातलो बनाउने र रगत प्रबाहलाई सहयोग पुर्याउँछ ।

४. रुघाखोकी- लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डडाउने । उक्त तेललाई मन तातो भएपछि रुघा लागेको बच्चाको नाकको प्वाल बाहिर दल्ने, तेल छाती, घाटी, ढाडमा सेकाउँदै मालिस गर्ने । निधार र नाक वरिपरि या तेल लगाउने गर्दा स–साना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ । यो प्रयोगले ठुला व्यक्तिलाई पनि फाइदा गर्दछ ।

५. पाचन- लसनले आन्द्रा सफा राख्न मद्दत पुर्याउँछ । यसले पाचन प्रक्रियालाई उत्तेजित पार्ने काम गर्छ । जसका कारण भोक बढाउने काम गर्दछ । खानासँगै ३÷४ केस्रा लसुन विहान बेलुका खाने गर्दा अपच समस्या हटेर जान्छ । यसो गर्नाले पाचन प्रक्रिया बलियो हुन्छ र अरुची हट्छ । पेटमा हुने एसिड उत्पादनलाई पनि लसुनले बन्द गरिदिन्छ । लसुनले तपाईको तनाव पनि कम गरिदिन्छ । तपाईलाई जतिबेला डर लाग्छ, पेटमा एसिड बन्ने गर्छ । लसुनले यस्तो प्रकारको एसिड बन्नबाट रोक्छ ।

६. स्वास प्रणाली- लसुन स्वास प्रणालीका लागि निकै लाभदायक मानिन्छ । यसले आस्मा, निमोनिया, ब्रोन्काइटिस, ट्युबरक्लोसिस,फोक्सोमा जमेको कफ आदि रोकथाममा र उपचारमा पनि निकै प्रभावकारी हुन्छ ।

७. जोर्नी दुखाई- एक पाउ लसुन थिचेर एक चौथाई जति तेल र चार चौथाई जति पानी एउटै भाडोमा राखेर घोल्ने । त्यस घोललाई मन्द आगोमा पकाउने । पानी सुकेर तेल र लसुनको छोक्रा मात्र बाँकी भएपछि तेललाई छानेर शिशीमा राख्ने । यो तेल दिनको ३÷४ पटक जोर्नी दुखेको र सुन्निएको ठाउँमा लगाउने र मालिस गर्ने गर्दा आराम हुने गर्दछ ।

८. हृदयघात- लसुन खानाले हाइपरटेन्सनको लक्षणबाट राहत मिल्ने थुप्रै मानिसहरुको विस्वास छ । लसुनले मानिसको रक्त सञ्चारलाई नियमित राख्नुका साथै यसले हृदयसम्बन्धि समस्याहरुबाट पनि टाढा राख्दछ । यसले फोक्सोलाई पनि फाइदा पुर्याउने गर्छ ।

९. कपाल दुखाई- कपाल दुखेमा दुवै कनपारामा लसुन पिसेर लगाएमा कपाल दुख्ने समस्या हट्छ ।

१०. वैकल्पिक उपचार- लसुनमा शक्तिशाली तत्व पाइन्छ । यसमा पाइने तत्वले शरीरमा परजीवी र किराहरुबाट बचाउँछ । विभिन्न रोगहरु जस्तै डाइबटिज, डिप्रेसन तथा केही प्रकारको क्यान्सरको रोकथाममा पनि लसुन सहायोगी हुन्छ । यदि तपाईले काँचो लसुनको सेवन गर्न सक्नुहुन्न भने यसलाई पोलेर वा भुटेर पनि खान सक्नुहुन्छ ।

लसुनका धेरै फाइदा हुदाँहुदै पनि यसले कसै कसैलाई एलर्जी पनि हुनेगर्छ । ध्यान दिनुहोस् । तपाईलाई एलर्जी हुन्छ भने काँचै नखानुहोस् । पकएर खाँदा पनि कसै–कसैलाई छाला सम्बन्धि समस्या देखापर्छ , ज्वरो आउँछ, टाउको दुख्छ । यस्तो लक्षण देखिएमा पनि लसुन सेवन गर्न बन्द गर्नुहोस् ।

लसुन को बेफाइदा : लसुन धेरै नै गुणकारी छ । लसुनको प्रयोगले धेरैलाई फाइदा हुन्छ तर कुनै रोगका विशेष विरामीका लागि भने हानिकारक हुन्छ ।

१. कलेजोको समस्या भएको व्यक्ति– ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकाले, मानिसहरुले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विस्वास गर्दछन् । हेपाटाइटिस रोगले मानिसको कलेजोलाई असर गर्दछ । तर हेपाटाइटिस भाइरसको उपचारका लागि लसुन खानु उचित हुदैन । किनभने लसुनको प्रयोगले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पार्दछ । जसले हाम्रो आन्द्रामा हुने ग्याष्ट्रिक एसिडको मात्रालाई कम गर्दछ । जसको कारण हाम्रो पाचन प्रक्रियामा नकारात्मक असर पर्नका साथै बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरु देखिन्छन् । त्यसकारण हेपाटाइटिस हुनेहरुले लसुनको प्रयोग नगर्नुहोस ।

२. सर्जरी गर्न लागेको व्यक्ति– कुनै पनि किसिमको सर्जरी गर्नु २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्छ । किनभने, लसुन प्रयोगले सर्जरीपछि रगत नजम्ने र घाउ विस्तारै पाकेर सङ्क्रमण हुन सक्छ ।

३. झाडापखाला लागेको व्यक्ति– झाडापखालाले ग्रसित व्यक्तिले लसुनको प्रयोग गरेमा यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ । जसकारण आन्द्रामा घाउ हुन जान्छ । यस्तो अवस्थामा दिशा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने लक्षण देखिन्छन् । त्यसकारण झाडापखाला लागेमा लसुनको प्रयोग नगर्नुहोस् ।

४. आँखा रोग भएको व्यक्ति– आँखा रोगीहरुले लसुन प्रयोग गर्नुहुदैन । विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हामी पुर्याउँछ । आँखाबाट रगत निकाल्न पनि सक्छ । आँखा रोगीहरुले लसुन प्रयोग गरेका आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरु देखा पर्छन् ।

५. कम रक्तचाप भएको व्यक्ति– लसुनको प्रयोगले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरु निर्माण गर्न सहयोग पुर्याउछ । यि रसायनहरुले मुटुको धमनीहरुलाई आराम दिने गर्दछ । उच्च रक्तचाप हुनेहरुका लागि लसुन फाइदाजनक हो तर कम रक्तचाप हुनेहरुका लागि लसुन खतरनाक पनि छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!