हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 917  पटक पढिएको

बिराटनगर / लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनलले सञ्चालन गर्दै आएको ‘कुरुवालाई खाना’ कार्यक्रमको औपचारिक समापनमा कार्यक्रमका संयोजक तथा क्लबका द्वितीय उपाध्यक्ष एवं प्रदेश १ को स्वास्थ्य आपूर्ति महाशाखा प्रमुख शम्भु साह लगायत उपस्थित क्लबका ८ जना सक्रिय सदस्यहरुलाई लायन्स अन्तराष्ट्रिय ३२५ ए १ का पुर्व गर्भनर लिला ढुङ्गेलले गर्भनरका पिनले सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा संयाेजक साह, क्लबका संस्थापक अध्यक्ष डा बालकृष्ण साह, सचिव गजेन्द्र यादव, काेषाध्यक्ष प्रमाेद कुमार साह, निर्देशक ज्ञान बहादुर बस्नेत, तथा सदस्यहरु धर्मेन्द्र संग्राैला, तेज नारायण साह, संजिव पाेख्रेल, बिरेन्द्र देव र लवरेन्ज साह रहेका छन् ।

चिकित्सक, जनस्वास्थ्यकर्मी, फार्मेसिष्ट, औषधी व्यवसायी तथा स्वास्थ्यकर्मीहरु संगठित भएर गतबर्ष मात्र स्थापित भएको लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनल क्लबले स्थापना कालमा नै समाजमा सेवा दिएर परिचय बनाई सकेको र यस बर्ष यस्तो जटिल अवस्थामा निरन्तर २१ दिन सेवा गरेकोमा ढुङ्गेलले क्लबका हरेक सदस्यहरुलाई धन्यवाद गरेका थिए ।
सेवाका लागि पैसा भन्दा पनि समय महत्वपुर्ण रहने गरेको र यो महामारीमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्य क्षेत्रका जिम्मेवार सदस्यहरुलाई गा¥हो भएको महशुष गरेको संयोजक साहले बताए । साहले समय व्यवस्थापन गर्न क्लबको संस्थापक अध्यक्ष डा बालकृष्ण साहबाट सिकेको र उहाँको उत्प्रेणा अनि क्लबका साथिहरुको सहयोगले नै यो सम्भव भएको बताए ।

क्लबले आफ्नै खर्चमा निरन्तर २१ दिन सय जनालाई दैनिक खाना खुवाउनु र त्यो पनि अस्पतालमा जहाँ यो महामारीमा मान्छे आउन डराउछन्, यसको जति प्रसंसा गरे पनि कम हुने जोनचियर पर्सन लायन महेन्द्र साहले बताए । क्लबका सचिव लायन गजेन्द्र यादवले सञ्चालन गरेको औपचारिक कार्यक्रममा २१ दिन सम्म सहुलियत दरमा स्वस्थ्यकर खाना उपलब्ध गराएका द बिरियानी हाउसका सञ्चालक पप्पु अंसारी, माेरङ्ग स्वास्थ्य कार्यालय प्रमुख तथा क्लवका निर्देशक ज्ञान बहादुर बस्नेत, नेपाल वैश्य युवा संघ मोरङ्गका अध्यक्ष गणेश साह, जोनचियर पर्सन सुर्य नारायण चौधरी, संस्थापक अध्यक्ष तथा लायन्स अन्तराष्ट्रिय ३२५ ए १ का हेल्थक्याम्प सर्भिस चिफ डा बालकृष्ण साहले बधाई दिएका थिए ।
क्लबले गत असोज ११ गते देखि निरन्तर २१ दिन (घटस्थापना सम्म) विराटनगरको कोशी अस्पतालमा उपचाररत बिरामीका कुरुवालाई निःशुल्क खाना खुवाउदै आएका थिए । खाना स्वस्थकर र स्वादिलो भएकाले लामो समय अस्पतालमा रहेका कुरुवाहरु साझ क्लबका खाना कुरेर बसेका हुन्थे । अन्तिम दिन कुरुवालाई खुवाएको खाना उपस्थित सम्पुर्ण अथिति र क्लब सदस्य र लियो सदस्यहरुले खाएर विदा भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!