खबर ठुलो छ

बलिउडबाट हलिउडसम्म दमदार अभिनय गरेर देश तथा विदेशमा आफ्नो अभिनयले सबैको मन जितेका ओम पुरीको आज जन्मदिन हो । १९५० मा पटियालामा जन्मेका ओम पुरीको नाम ओम राजेश थियो । ३ वर्ष पहिले उनको निधन भएको थियो ।

ओमपुरीले कलाकारको एक परिभाषा दिएर सिनेमालाई दुनियाँमा एक पहिचान कायम गरेका छन् । ओम पुरीको जीवन धेरै गरिबीमा गुज्रिएको थियो । उनले एक अन्र्तवार्तामा भनेका छन्, ६ वर्षको हुँदा एक ढावामा भाडाँ माझ्ने गर्थे ।

अभिनेता ओम पुरीलाइ बाल्यकाल देखि नै फिल्म खेल्ने सोख थियो र उनले आफ्नो शुरुवाती पढाई पुरा गरेपछि अभिनय सिकाउने विद्यालयमा भर्ना भएका थिए । उनी नेशनल स्कुल अफ ड्रामामा भर्ना भएका थिए । ओमपुरीको संघर्ष यहि सकिएको थिएन् । उनले नेशनल स्कुलमा पढ्दा साथीहरुको तुलनामा आफ्नो अंग्रेजी कमजोर भएको महसुस गरेर निकै चिन्तित भए ।

पछि विद्यालय परिर्वतन गरेर अंग्रेजी विषयमा दक्ष भए र २० भन्दा धेरै अंग्रेजी फिल्ममा काम गरे । उनले मराठी फिल्मबाट फिल्मी करियर शुरुवात गरेका थिए । उनले धेरै फिल्मबाट दमदार अभिनयको कारण नेशनल अवार्डबाट समेत सम्मानित भएका छन् ।

आइतबार, कार्तिक ०२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया