हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 703  पटक पढिएको

काठमाडौं/शारीरिक व्यायाम अर्थात फिटनेश आफैँमा आवश्यकता हो । शारीरिक तन्दुरुस्त र फिट रहनमात्र नभएर हिजोआज रहरले समेत मानिसहरु फिटनेश गर्न थालेका छन् । जसले गर्दा फिटनेश सेन्टरहरुको महत्व दिनै बढ्दै छ ।
यसैबेला काठमाडौंको मुटु मानिने कमलपोखरीस्थित सिटी सेन्टरको पाँचौँ तलामा बज्र ननिताज फिटनेश सेन्टर सञ्चालनमा आएको छ । यो फिटनेश सेन्टर शनिबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो ।

रोजल शाहीले सञ्चालनमा ल्याएको उक्त फिटनेश सेन्टरको शनिबार मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, अभिनेता सविन श्रेष्ठ, फिल्म निर्देशक सुर्दशन थापा र मोडल मन्चिन शाक्यले संयुक्तले उद्घाटन गरे । यो फिटनेश सेन्टरले फिटनेशसम्बन्धी सबै सुविधा प्रदान गर्ने सञ्चालक रोजलले बताएका छन् । बज्र ननिताज फिटनेश सेन्टरको शाखा ललितपुरको भैंसेभपाटीमा समेत रहेको छ ।

यतिखेर विश्व कोरोना संक्रमणको महामारीबाट आक्रान्त छ । यस्तो बेला मानिसले आफूलाई तन्दुरुस्त राख्न आश्वयक छ । मानिसहरु संक्रमणसँग बच्ने उपाय खोजिरहेका छन् । त्यसका लागि एक उपाय फिटनेश पनि हो । पछिल्लो एक अध्ययनले यही देखाएको छ ।
व्यायाम र रोगप्रतिरोधात्मक शारीरिक क्षमताका सम्बन्धमा भएको अध्ययनअनुसार तन्दुरुस्त वा फिट रहँदा संक्रमणबाट बच्ने क्षमता राम्रो हुन्छ । एकपटक मात्र गरिने व्यायामले पनि भाइरस तथा ब्याक्टेरियासँग लड्ने क्षमता बढाउने वैज्ञानिकहरुले बताएका छन् । अमेरिका गरिएको अध्ययनका अनुसार लगातारको व्यायामपछि केही सेलहरु मर्ने भएपनि त्यसले केही घण्टाभित्रै सबै सेलहरु सक्रिय अवस्थामा आउने भएकाले इम्युन सेललाई स्थिर बनाउने र प्रतिरोधात्मक क्षमता सशक्त बनाउँछ । त्यसैले पनि मानिसका लागि व्यायाम आवश्यक मात्र नभएर अपरिहार्य बन्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!