हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 549  पटक पढिएको
भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे

यही कार्तिकमा नेपाल भ्रमणमा आउन लागेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे को भ्रमण सफल बनाउनेगरि नेपाल सरकारले तयारी गरेको छ । हिजोमात्रै नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । ओलीले अहिले रक्षा मन्त्रालयको पनि नेतृत्व गरिरहेका छन् । यसअघि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ल्याएर ओलीले रक्षा मन्त्रालय राखेका छन् । प्रधानसेनापति थापाले भारतीय सेनाअध्यक्ष नरवाणेको नेपाल भ्रमणमा केन्द्रित रहेर हिजो छलफल गरेको बुझिएको छ ।

नेपाल-भारत द्धिपक्षीय सम्बन्ध सिमा विवाद कारण चिसिएको बेलामा भारतीय स्थलसेनाध्यक्ष नेपाल भ्रमणमा आउनु सुखद पक्ष हो । गत अगष्ट १५ तारिखका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा वार्ता गरेका थिए । त्यसपछि दुई देशका प्रधानमन्त्रीबीच सम्वाद हुन सकेको छैन् ।

भारतीय स्थलसेनाध्यक्षको नेपाल भ्रमण पूर्व निर्धारित भ्रमण नै हो । तर, दुवै देशमा भएको बन्दाबन्दीका कारण उनको नेपाल भ्रमण स्थगित भएको थियो । भारतका स्थलसेनाध्यक्षको नेपाल भ्रमण आगामी कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई सोहीक्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्ले गत माघ २० गते नै निर्णय गरेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!