हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 573  पटक पढिएको

रौतहटको देवाही गोनाही नगरपालिका टिकुलियाका महेश तिवारी दम्पत्तिमाथि सांघातिक आक्रमण भएको केही समय नबित्दै गएराति मौलापुरमा फेरि एक दम्पत्तिमाथि आक्रमण भएको छ ।

मौलापुर नगरपालिका वडा ५ पतौरा गाँउका ३५ बर्षिय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि सांघातिक हमला भएको छ ।

शनिवार राति १ बजेको समय आफ्नै घरमा सुतिरहेका साह दम्पत्तिमाथि धारिलो हतियारले आक्रमण भएको छ ।

धारिलो हतियारको आक्रमणले हरीन्द्र साहको दाहिने कानको छेउमा र शिला देवीको दाहिने पाखुरामा चोट लागेको छ ।

उनीहरुलाई गम्भिर अवस्थामा तत्कालै उपचारको लागि एम्बुलेन्सबाट एलएस न्युरो अस्पताल बिरगंज पठाइएको थियो ।

रातभरीको उपचारपछि दुबैजनाको अवस्था सुधार हुँदै गएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्सपेक्टर राकेश यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!