शनिवार बिराटनगर स्थित धरान बस पार्कमा कोरोना भाईरस सम्बन्धी जनचेतना कार्यक्रम नेपाल सोनार समाज सेवा समिती मोरङले सम्पन्न गरेको छ ।
जनचेतना कार्यक्रम सहित नेपाल सोनार समाज सेवा समिती मोरङले ड्राइभर, खलासी तथा कन्टेक्टर र यात्रुहरु समेतलाई माक्स, ग्लोबस् र सेनिटाईजर बितरण गरेको छ ।
नेपाल सोनार समाज सेवा समिती मोरङका अध्यक्ष महेश साह स्वर्णकारको अध्यक्षतामा सम्पन उक्त कार्यक्रमको प्रमुख अतिथि ट्राफिक सब इन्सपेक्टर यज्ञराज शर्मा , बिशिष्ठ अतिथि नेपाली कागं्रेस युवा नेता तथा जिल्ला सदस्य राजेश गुप्ता थियो । त्यसैगरी नेपाली कागं्रेस नगर समितीको सह सचिब तथा नेपाल सोनार सेवा समितका उपाध्यक्ष दिपेन्द्र स्वर्णकार लगायत पधाकारीहरुको उपस्थिति थियो ।
त्यसैगरी नेपाल सोनार समाज सेवा समिती मोरङले बिराटनगरका बिभिन्न ठाउँहरु ठाकुरवारी रोड , गुद्री , कञ्चनवारीमा समेत जनचेतना कार्यक्रम तथा माक्स, ग्लोबस् र सेनिटाईजर बितरण गरेको हो ।