हिपमत डटकम

शनिबार, कार्तिक ०१, २०७७ || 640  पटक पढिएको

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले आफ्नो नवौं खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बेन्चमै राखेको छ । सारजाह क्रिकेट स्टेडियममा चेन्नई सुपर किङ्सविरुद्धको जारी खेलामा दिल्लीले सन्दीपलाई मौका दिएन । चेन्नईले टस जितेर पहिले ब्याटिङ रोजेपछि दिल्लीले पहिले बलिङ गरिरहेको छ । दिल्लीले चेन्नईविरुद्धको खेलका लागि सन्दीपलाई प्लेईङ सेटमा अटाउन सकेनन् । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार नवौं खेलमा बेन्चमै छन् ।

दिल्ली ८ खेलमा ६ जितसहित १२ अंक जोडेर अंकतालिकामा दोस्रो स्थानमा छ । चेन्नईलाई हराएर शीर्ष स्थानमा उक्लने दिल्लीको लक्ष्य छ । यस्तै चेन्नई भने चौंथो जितको खोजीमा रहेको छ । यसै सिजनको पहिलो भेटमा दिल्लीसँग ४४ रनले पराजित आजको खेलमा बदला लिने चाहन्छ । चेन्नई ८ खेलमा ६ अंक जोडेर अंकतालिको छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!