बीरेन्द्रकुमार साह

शनिबार, कार्तिक ०१, २०७७ || 555  पटक पढिएको

आफ्नै सहकर्मीको हत्या गरेर फरार रहेका अभियुक्तलाई केन्द्रीय अनुशन्धान व्यूरो९सिआइबी०ले पक्राउ गरेको छ । २०६६ वैशाक २८ गते ललितपुरको तत्कालीन झरुवारासी गाविस वडा नं ३ मा हालको गोदावरी नगरपालिका वडा नं १३ स्थिी आरएम इट्टा उद्योगमा काम गर्ने जिल्ला मकवानपुर कोगटे गाविस वडा नं ५ हालको भिमफेदी नगरपालिका वडा नं ८ घर भएका ३६ बर्षका डिलबहादुर योञ्जनको हत्यामा संम्लग्न दुई जनालाई सिआइबीले पक्राउ गरेको हो ।
सुत्ने कोठामा कोदालीको बिडले हानेर कुटपिट गरेर घाइते बनेका उनको उपचारको क्रममा २०६६ वैशाख ३१ गते बीर अस्पतालमा मृत्यु भएको थियो । सो घटनामा संम्लग्न अभियुक्तहरु भिमसेन थापामगर र रामकृष्ण चुनीमगर साे घटनाकाे केही समय पछि भागी फरार भइ भारतमा पुगेर लुकिछिपी भएर बसेको समयमा प्रहरीले नेपाल भारतको सिमाना बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ जमूनाबाट पक्राउ गरेको हो ।
अभियुक्तहरु घटना सामान्य बिषयमा भएको झगडाको कारण घटेको खुल्ल आएको सिआइबीका प्रमुख डिआइजी सहकुल थापाले जानकारी दिनुभयो ।
आफैसँग काम गर्ने सहकर्मी घाइते भएपछि ललितपुरबाट हेटौडासम्म पैदलै गएर, हेटौडाबाट ट्रकमा चढेर रक्सौलाको नाका हुँदै भारतको नयाँ दिल्लीमा गएर आफ्नो वास्तविक परिचय समेत परिर्वतन गरेर भारतीय आधार कार्ड समेत बनाई, रामकृष्ण चुनीमगर प्लाष्टिक कारखानामा काम गर्ने, र भिमसेन थापा मगरले अटो रिक्सा चलाउने गरेको र मामा भान्जा नाता पर्ने दुवै जनाले श्रीमती र छोराछोरी समेत उतै लगेर राखेको विशेष सूचना परिचालनको आधारमा असाेज ३० गते उनीहरुलाई पक्राउ गरेर महानगरीय प्रहरी बृत्त चापागाउँमा पठाइएको डिआइजी थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!