खबर ठुलो छ

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को ३३ औं खेलमा एबी डी भिलियर्सले चम्किएपछि रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बेंगलोरले १९ ओभर ४ बलमा ३ विकेटको क्षतिमा भेट्टाएको हो । बेंगलोरलाई जितका लागि अन्तिम १२ बलमा ३५ रन आवश्यक थियो । डी भिलिएर्सले ३ छक्कासहित १९ औं ओभरमा २५ रन निकालेपछि बेंगलोरको पक्षमा खेल आयो । त्यसक्रममा डी भिलियर्सले २२ बलमा नटआउट ५५ रन जोडे भने गुर्किरत सिंहले १९ रनको योगदान दिए । यस्तै कप्तान विराट कोहलीले ४३ रन जोड्दा देबदुत पडीक्कलले ३५ रन बनाए । कोहली र देवदत्त पडिकलले ७९ रन साझेदारी गर्दै बेंगलोरलाई लक्ष्यतर्फ उन्मुख गराएका थिए । यस्तै आरोन फिन्चले १४ रन बनाए । राजस्थानका श्रेयस गोपाल, कार्तिक त्यागी र राहुल टेवाटियाले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो ।। जसमा अर्धशतक पार गरेका कप्तान स्टेभन स्मिथले ५७ रनको जोडेका थिए । यस्तै ओपनर रोबिन उथप्पाले ४१, जोस बटलरले २४, बेन स्टोक्सले १५ र सञ्जु सामसनले ९ रन बटुलेका थिए । बैंंगलोरका लागि क्रिस मोरिसले ३ तथा युजवेन्द्र चहालले २ विकेट लिए ।

शनिबार, कार्तिक ०१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया