पूर्वराजा ज्ञानेन्द्र शाहको यसवर्षको दशैँका कार्यक्रम प्रभावित भएका छन् । विदेश वर्षहरुमा निर्मल निवासमा टीका प्रदान गर्नुका साथै दशैँभर विभिन्न शक्तिपिठको भ्रमण हुने गरेकोमा यसवर्ष सबै कार्यक्रम रद्ध गरिएको उनको सचिवालयले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणि पाठकले शनिबार एक विज्ञप्तिमार्फत कोरोनाको असहजताका स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैँ पर्व शान्त, शालीनता र सादगी रुपमा मनाउने निर्णय लिएको बताएका छन् ।

साथै शाहले महाअष्ठमीका दिन विभिन्न शक्ति पीठहरुको दर्शन गर्ने र विजया दशमीका दिनमा टीका प्रदान गर्ने कार्यक्रम नहुने तय भएको पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!