शुक्रबार, आश्विन ३०, २०७७ || 684  पटक पढिएको

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा नव निर्मित अमर प्रहरी स्मारकको अनावरण गरिएको छ । आज विहान ८ बजे एक विशेष कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले नव निर्मित अमर प्रहरी स्मारकको अनावरण गर्नु भएको हो । पुरानो अमर प्रहरी स्मारक नयाँ बनिरहेको प्रदेश प्रहरी कार्यालयल भवनको मास्टर प्लान अनुसार नभई अन्यत्र रहेकोले मास्टर प्लान अनुसारको स्थानमा चार फिट उच्चाई भएको नयाँ र ब्यवस्थित अमर प्रहरी स्मारक निर्माण गरी आज प्रहरी नायब महानिरीक्षक ईश्वर बाबु कार्कीले अनावरण गर्नु भएको हो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक लगायतका प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!