शुक्रबार, आश्विन ३०, २०७७ || 670  पटक पढिएको

भारतमा विवाहका लागि महिलाको उमेर १८ र पुरुषको उमेर २१ वर्ष हुनुपर्ने व्यवस्था छ । कानुनमा यस्तो व्यवस्था भएपनि महिलाको विवाहको लागि योग्य हुने उमेर कम भएको विषय उठ्दै आएको छ । यसैलाई लिएर महिलाको विवाहका लागि योग्य हुने उमेर बढाउने तयारी भएको छ । आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले यसबारे छिट्टै निर्णय लिने बताएका छन् । शुक्रबार उनले यसबारे अध्ययन गर्न गठित कमिटीको सुझाव लिई निर्णयमा पुगिने बताएका हुन् । सरकारले चालेको कदमले महिलाहरुको विद्यालय जाने प्रतिशत समेत बढेको उल्लेख गरेका छन् । उनले महिलाहरुको अवस्थामा व्यापक सुधार भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!