बिहिबार, आश्विन २९, २०७७ || 862  पटक पढिएको

सरकारले भाषण गरे बमोजिम अविलम्व १ हाजर शैयाको भेन्टिलेटरयुक्त कोभिड अस्पताल निर्माण गर्न दबाब सहित नेपाली कांग्रेस विराटनगर महानगर समितीले प्रमुख जिल्ला अधिकारी मोरङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

महानगर कार्यवाहक सभापति अरुण न्यौपानेको नेतृत्वमा जिल्ला सदस्य राजेश गुप्ता, सचिव निरज कोइराला, दिपेन्द्र रौनियार सहित नेकपा विराटनगर महानगर समितिका पदाधिकारी सदस्य एवं नेता कार्यकर्ताहरुको संयुक्त टोलीले सो ज्ञापन पत्र बुझाएको हो ।

प्रदेश नं. १ मा कोरोना महामारी उच्च बिन्दुमा पुग्न सक्ने अवस्थामा आई सकेको छ तर, संघिय सरकार र प्रदेश सरकार कोही पनि गंभीर देखिएको अवस्था छैन । प्रदेश सरकारका मुख्य मन्त्रीले एक हजार सैयाको सुविधा सम्पन्न कोरोना अस्पताल बनाउने भनी गरेको भाषण भाषणमा नै सिमित हुने ज्ञपान पत्रमा उल्लेख गरिएको छ ।

महामारीको बहानामा भ्रस्टाचारको नयाँ नयाँ तरिका पत्ता लगाउन व्यस्त सरकार कोरोना पोजेटिभ देखिएको विरामीहरुको उचित आइसोलेशनको व्यास्थाका साथै उनिहरुको निगरानी नगरिएमा नेपाली काँग्रेस संग सरकार विरुद्ध संघर्ष बाहेक कुनै पनि विकल्प नरहने ज्ञापन पत्र मार्फत चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!