खबर ठुलो छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को एकताको काम अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा क्याम्पस कमिटीलाई आगामी मङ्सिर १५ गतेसम्म निर्माण गर्ने गरी काम अगाडि बढाएको छ ।

अहिले अखिलको केन्द्रीय कमिटी मात्र निर्माण भएको छ । केही दिनअघि केन्द्रीय कमिटीका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सबै जिल्ला, विश्वविद्यालय, स्थानीय तह र क्याम्पस कमिटीलाई परिपत्र जारी गरी एकता प्रक्रिया टुङ्गोमा पु¥याउन निर्देशन दिएका थिए ।

अखिलका संयोजक महरले तल्लो तहका कमिटीलाई पूर्णता दिने गरी परिपत्र जारी गरिसकेको र सोही परिपत्रानुसार अहिले एकताको काम भइरहेको जानकारी दिए । उनका अनुसार यसै साता जिल्ला कमिटीलाई पूर्णता पाउने छ । यसअघि जिल्ला कमिटीका संयोजक र सहसंंयोजक तोकेर पठाइसकेको छ । अखिलले ५१ देखि ६१ जनासम्मको जिल्ला कमिटी बनाउने निर्देशन दिएको छ ।

संयोजक महरले परिपत्रअनुसार काम नगर्ने र समानान्तर कमिटी बनाउने केन्द्रीय कमिटी सदस्यलाई कारवाही गरिने बताए । पार्टी एकता भएसँगै नेकपाको पार्टी एकता अझै टुंग्गिएको छैन । यसअघि राष्ट्रिय युवा सङ्घले मात्र जिल्ला र स्थानीय तहको एकता टुग्गाइसकेको छ । उनले जिल्ला, स्थानीय तह र क्याम्पस कमिटी टुङ्गिएपछि प्रदेश, विश्वविद्यालय, केन्द्रीय कमिटीको बाँडफाँड र कार्यविभाजन टुङ्ग्याइने बताए । अखिलमा अहिले ३३५ जनाको केन्द्रीय कमिटी रहेको छ ।-रासस

बिहिबार, आश्विन २९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • प्रदेश १ को नाम के राख्दा ठिक होला ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया