बिहिबार, आश्विन २९, २०७७ || 952  पटक पढिएको

प्रदेश न.१ सरकारले ११ वटा स्थानीय पालिकालाई प्रहरी भ्यान र वरुणयन्त्र हस्तान्त्रण गरेको छ । पाँच करोड ६७ लाख २० हजार लागतमा खरिद गरिएको ११ वटा वारुण यन्त्र र ६ करोड २८ लाख २७ हजार ४६० रुपैयाँ बराबरको प्रहरी भ्यान बिहीबार हस्तान्तरण गरेको हो ।

प्रदेश सरकारले प्रदेशका १४ जिल्लाका एक–एक वटा स्थानीय पालिकामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गरेको छ । सो केन्द्रका लागि एक थान वारुण यन्त्र र एक थान प्रहरी भ्यान हस्तान्तरण भएको हो । केन्द्रका लागि एम्बुलेन्स पनि हस्तान्तरण गर्ने प्रदेश सरकारको तयारी छ । स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधिलाइ मुख्यमन्त्री शेरधन राईले दमकल र प्रहरी भ्यानको चाबी हस्तान्तरण गरेका थिए ।

१४ वटै जिल्लामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्ने प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।  मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रले एकीकृत शान्ति सुरक्षा, विपद र स्वास्थ सेवा सञ्चालन गर्ने उद्देश्य लिएको उनले बताए ।

केन्द्र रहेको पालिकाको प्रमुखको अध्यक्षतामा सेवा केन्द्र सञ्चालन समिति रहनेछ । केन्द्रमा प्रयोग भएका सवारीको इन्धन र मर्मत पालिकाले व्यहोर्ने छ । जनशक्तिको व्यवस्थापन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नेछ । प्रदेश सरकारले बिहीबार सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, इलामको देउमाई नगरपालिकालाई वरुणयन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरेको हो ।

त्यस्तै पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका, उदयपुरको रौतामाई गाउँपालिकालाइ पनि हस्तान्तरण गरेको छ । तीन जिल्लाका तीनवटा पालिकालाई केही समयपछि हस्तान्तरण गर्ने प्रदेश सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!