हिपमत डटकम
इटहरी,३ माघ :माघ एक गते बाट इटहरीमा जारी क्यान इन्फाेटक मेला अन्तरगत दाेश्राे दिन बिहीबारबाट सामाजिक कामकालागि एक कप चिया अभियान सुरू भएकाे छ । साे अभियान अन्तरगत एकै दिन ८ हजार रकम संकलन गरिएकाे अायाेजक क्यान महासंघ सुनसरीले जनाएकाे छ । बिहीबार साझबाट चलाइएकाे अभियानले इटहरी क्यान मेलामा गतिलाे उदहारण प्रस्तुत गरेकाे छ ।

मेला अवलाेकन गर्न अाउने अागन्तुकलाइ निशुल्क चिया पिलाएर मन लागेकाे दान गर्न सकिने ब्यवस्था मिलाइएकाे र यसरी संकलित भएकाे रकमलाइ इटहरीकाे कुनै सामाजिक काममा खर्च गरिने क्यान महासंघ सुनसरीका मेला संयाेजक खडग अाेझाले बताए । यसरी अवलाेकनकर्ताहरूले एक कप चिया पिउने र खुशी भएर दान गर्ने गरेकाे पनि उनले बताए । दान गरिएकाे रकम इटहरीकै सामाजिक कामकालागि खर्च गरिने मेला संयाेजक अाेझाले बताए ।

त्यस्तै क्यान इन्फाेटेककाे सह प्रायाेजक रहेकाे वर्ल्ड लिंकले मेला लगायत अासपासकाे क्षेत्रमा फ्रि वाइफाइकाे ब्यवस्था समेत मिलाएकाे छ । वाइफाइकै कारण मेलाभित्र अाउने अवलाेकनकर्ताहरू बाेर नहुने मन लागेकाे फिल्म , गाना तथा गेमहरू फ्रिमा डाउनलाेड गरी भरिपुर्ण मनाेरञ्जन लिने गरेका छन ।

इन्फाेटेकमा अाइ घर तथ कार्यालयका लागि इन्टरनेट जाेडनु परेमा वर्ल्डलिंकले भारीमात्रामा छुटकाे ब्यवस्था गरेकाे सेल्स सुपर भाइजर दिपक भारतीले बताए । यता इन्फाेटक सुरू भएकाे तेश्राे दिन अवलाेकनकर्ताहरूकाे भिड त्यतिकै बढेकाे बताइएकाे छ । बिहानकाे समय पानी परेकाे कारण समस्या भएपनि दिन उघ्रिए लगत्तै अवलाेकन गर्नेहरूकाे भिड बडेकाे अायाेजक क्यान महासंघ सुनसरीले जनाएकाे छ ।

८० वटा स्टल रहेको उक्त मेलामा प्रभु पेइ मुख्य प्रायाेजक रहेकाे छ । मेलामा रोबोर्टहरूको भिडन्त , दौड , आइटी म्युजियमको व्यवस्था,सेफ्टी एण्ड सेक्युरीटी सम्बन्धी बृहत प्रदर्शनी ,शुचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी , कम्प्युटर प्रिन्टर र ल्यापटप फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज , सिसि टिभी , एन्टी भाइरस लगायत बिभिन्न आइटी प्रोडक्टहरूमा बिशेष छुटको व्यवस्था , स्कुल कलेज स्तरीय आइटी क्विज प्रतियोगिता , कर्पोरेट स्टलको ब्यवस्था , स्केट प्रदर्शनी आइसिटि तालिम समेत प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!