हिपमत डटकम
इटहरी, ३ माघ : इटहरीमा आगामी १० माघमा आइस टु सी यु २०२० नामक १ दिने सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
इटहरी १ आँपगाछीस्थित बगान फेमली रेस्टुरेन्टमा हुने कार्यक्रममा चार्चित बृजेश श्रेष्ठ एण्ड बियोन्ड मुख्य आकर्षणको रुपमा रहने छन् । बृजेशका उडी जाउ न, रंग, सरर, ओह म्यैचा, कान्छी हे कान्छी, बिछोड, डल्लीलगायतका चर्चित गीतहरु दर्शकमाझ आइसकेका छन् ।
ओसिषी इन्टरटेनमेन्ट र पार्ल्सवेको संयुक्त आयोजनामा आमागी माघ १० गते कार्यक्रम हुने कम्पनीका प्रमुख बिनय तिवारीले जानकारी दिए । त्यसै गरी डीजे फ्लोर जी (पुस्पा)समेतको प्रस्तुति रहने छ ।
संदेश सुवेदी एण्ड ब्याण्डलगायत अन्य अन्य कलाकारहरुको पनि विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ भिजिट नेपाल २०२० लाई पनि सफल बनाउन कार्यक्रम मुख्य रुपमा आयोजना गरिएको कार्यक्रम संयोजक सौगात नेपालले जानकारी दिए ।
कार्यक्रमबाट संकलित केही मुनाफा रकम सामाजिक क्षेत्रमा खर्च गर्ने समेत आयोजकले जनाएकोककककक छ । यस कार्यक्रममा पुष्पा गुरुङ होस्टको भूमीका निर्वाह गर्दैछिन् । कार्यक्रम साँझ ५ देखि १० बजेसम्म हुने आयोजकले जानकारी दिएको छ ।
सहयोगीको रुपमा कुस रेस्टुरेन्ट एण्ड लाउञ्च बार रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!