बिहिबार, आश्विन २९, २०७७ || 1064  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनजना आफू निकटस्थलाई मन्त्री बनाएका छन् । पार्टीभित्र अर्को पक्षका कुनै नयाँ व्यक्ति मन्त्री नबन्नुले मतभेद प्रष्ट देखिएको छ । उनले मन्त्री बनाएका नामहरु हेर्दा पेलेरै जाने रणनीति बनाएको देखिन्छ ।

ईश्वर पोखरेलबाट रक्षा मन्त्रालय ओली आफैले राखेका छन् । यो घटनासँगै पोखरेल सरकारमा बस्ने या नबस्ने अवस्थामा पुगेका छन् । बरु महासचिव विष्णु पौडेल पुरस्कृत भएका छन् । पौडेल अर्थमन्त्री बनाइएका छन् । उनले ओलीको दुईपटकको सत्ता संकट टार्न भूमिका खेलेका थिए ।

पौडेलभन्दा वरियतामा माथि बादललाई राखिएको छ । उनी गृहमन्त्री यथावत् छन् । ओलीलाई बादलले खूबै सघाउँदै आएका छन् । उनले प्रचण्ड गुट लगभग त्यागिसकेको अवस्था छ ।

कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्री बनाइएका छन् । श्रेष्ठ ओलीका विश्वासपात्र हुन् । उनले जस्तोसुकै कठिन परिस्थितिमा पनि ओलीको साथ छाडेका छैनन् ।

लिलानाथ श्रेष्ठ महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बनाइएका छन् । उनले २०७० सालको दोस्रो संविधानसभा चुनावमा सिराहाबाट तत्कालिन माओवादी अध्यक्ष प्रचण्डलाई कडा चुनौती दिएका थिए । काठमाडौंबाट चुनाव हारेका प्रचण्ड त्यतिबेला सिराहाबाट लिलानाथलाई झीनो मतले जितेर सांसद बन्न सफल भएका थिए । तर, मतगणनाप्रति लिलानाथले असन्तुष्टि जनाएका थिए । ओलीले यसपटक प्रचण्डलाई देखाउनकै लागि भएपनि लिलानाथलाई मन्त्री बनाएको विश्लेषण हुन थालेको छ ।

ओलीले मन्त्री बनाएको नामावली हेर्दा पेलेरै जाने रणनीति बनाएको स्पष्ट छ । उनले प्रचण्डको गोजीबाट निस्किएका नामलाई स्वीकारेका छैनन् । बरु प्रचण्ड पक्षधरबाट मन्त्री बन्नेहरु आफूलाई संकट पर्दा सघाउनेहरु नै हुनुपर्ने गरी कुरा राख्न थालेका छन् । यसरी ओली पार्टीभित्र एकछत्र पकड जमाएर पेलेर जाने गरी प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!