बुधबार, आश्विन २८, २०७७ || 1383  पटक पढिएको

जम्मु कश्मिरका पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीलाई रिहाई गर्ने निर्णय भएको छ । पीडीआईका अध्यक्ष समेत रहेकी मुफ्तीलाई रिहा गर्ने निर्णय भएको जम्मु कश्मिर प्रशासनका प्रवक्ता रोहित कंसलले जानकारी दिए ।

महबुबाकी छोरी इल्तिजाले ट्वीटमार्फत भनेकी छिन्ः ‘अब मिस मुफ्तीको अवैधानिक हिरासतको अन्त्य भएको छ । यो कठिन समयमा सहयोग गर्ने मानिसहरुलाई धन्यवाद दिन चाहान्छु । म धेरै मानिसहरुप्रति ऋणी छु ।’

मुफ्तीलाई सन् २०१९, अगष्ट ५ मा पक्राउ गरिएको थियो । भारतीय केन्द्र सरकारले त्यहाँको संविधानको धारा ३७० अनुसार जम्मु कश्मीर राज्यको विशेष दर्जा रद्द गर्ने निर्णय गरेसँगै मुफ्ती पक्राउ परेकी थिइन् । महबुबाकी छोरी इल्तिजाले आमालाई नजरबन्दमा राखिएको कदमको विरोध गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला र उनका बुबा फारुख अब्दुल्ला पनि गत अगष्टदेखि नै नजरबन्दमा रहेका थिए । तर उनीहरु भने पहिले नै रिहा भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!