विराटनगरमा स्वतन्त्र विद्यार्थी तथा युवाहरुले बलात्कारको घटनामा संलग्न अपराधीलाई फाँसीको सजाय माग राख्दै प्रदर्शन गरेका छन् ।
मंगलबार दिउसो २ बजे उनीहरूले विराटनगरस्थित ट्राफिक चोकबाट सुरु गरेको प्रदर्शन विराटनगर महानगरपालिका हुदै जिल्ला प्रशासन कार्यालय मोरङको प्राङ्गणमा कोण सभामा परिनत भएको थियो । दिनानुदिन छोरीहरु घरभित्र देखि बाहिरसम्म असुरक्षित भएको र सरकार यो विषयमा मौन रहेकाले कोरोना महामारीको विषम परिस्थितिमा न्यायको माग राख्दै सडकमा उत्रिन बाध्य भएको प्रदर्शनमा सहभागी विद्यार्थी नितुले हिपमत डटकमसंग कुराकानीमा बताईन।
हामी महिला राष्ट्रपति भएको देशमा छौ तर आज महिलाहरु नै असुरक्षित भएको प्रदर्शनमा सहभागी विद्यार्थी कृशल आले मगरले हिपमत डटकमलाई बताए । उनले भने,नारीहरु आफ्नो इज्जत र जीवनको अन्त्य गर्न बाध्य बनेका छन् । कती महिलाहरु बलत्कृत भई आफ्नो ज्यान समेत गुमाएका छन् । यस्तो अवस्थामा पनि सरकार मौन रहेकाले हामी सबै मिलेर सरकारलाई खबरदारी गरेका हौँ ।’
प्रदर्शनमा सहभागीहरूले के घुस खाका छौ, किन चुप लागेका छौ , मेरो कपडा छोटो कि तिम्रो नजर खोटो , सरकार मौन रहनुको कारण के हो बलात्कारको समर्थन होइन लगायतका प्लेकार्ड बोकी नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!