शुक्रबार, माघ ०३, २०७६ || 1397  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,३ माघ:धादिङको त्रिशुली नदीको पुलबाट हाम्फालेका विनय लामिछानेको घरबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ । महानगरीय प्रहरी वृत्त थानकोटाका डीएसपी घनश्याम श्रेष्ठले विनयको घरबाट सुसाइड नोट फेला परेको पुष्टि गरे । विनयले घरमा छोडेको सुसाइड नोटमा लेखिएको छ– ‘कमोडिटी व्यापारमा डुबेको पैसा तिरेर सकिँदैन, अब बाँच्नु को अर्थ रहेन ।’ प्रहरीका अनुसार सुसाइड नोटमा विनयले कसैलाई पनि आरोप लगाएका छैनन् ।पुस २९ गते विनयको आफन्त बितेका थिए । घरमा झुठ्ठो परेको हुनाले छोराछोरीलाई बाहिर केही खुवाउँछु भन्दै विनय र जमूना दिउँसो २ बजे घरबाट निस्किए । घरबाट निस्किएका विनयले श्रीमतीलाई आदमघाटस्थित सुसराली जान आग्रह गरे ।विनय परिवारसहित धादिङको गजुरी गाउँपालिकास्थित आदमघाट हिँडे । आदमघाट विनयको ससुराली गाउँ हो । तर, उनीहरु आदमघाट पार गरेर रोराङ गाउँपालिकास्थित बेनीघाट हुँदै गोरखाको घ्याल्चोक पुगे ।घ्याल्चोकमा खाजा खाएर उनीहरु गाडी हिँड्ने पुलबाट नआएर बाँदरेस्थित झोलुङ्गे पुलबाट बेनीघाट आउँदै थिए । अचानक विनय परिवारसहित झोलुङ्गे पुलबाट हाम्फाल्छन् । घटना भएको स्थान बेनिघाटबाट गोरखा जाने त्रिशुली नदीको पुलको करिब एक किलोमिटर दूरीमा छ ।बिहीबार साँझ काठमाडौँ चद्रागिरी घर भएका विनय लामिछाने र जमुना रेग्मी लामिछाने ६ महिना र २ वर्षका छोराहरु साथैमा लिएर त्रिशुली नदीमा हाम्फालेका हुन् ।पुलबाट मान्छे हाम्फालेको देखेपछि स्थानीयहरु तत्कालै उद्दारको लागि खटिए । विनयलाई जीवितै उद्दार गर्न सफल हुन्छ । तर, श्रीमती जमूनाको भने मृत्यु हुन्छ । हालसम्म पनि दुई नाबालक छोराहरु वेपत्ता छन् । बेपत्ता बालकको खोजी भइरहेको छ ।त्रिशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय, धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!