मंगलबार, आश्विन २७, २०७७ || 871  पटक पढिएको

मोरङमा कोरोना संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा एकजना र विराट मेडिकल कलेज टंकीशिनवारीमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । मोरङको बुढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार बिहान २ः१५ बजेतिर उपचारकै क्रममा वृद्धको ज्यान गएको हो । वृद्धमा गत शनिबार कोरोना पुष्टि भएको थियो । वृद्धमा दमको पुरानै समस्या रहेको उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए ।

विराटमा दुईजनाको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका– २ टंकीशिनवारीमा रहेको विराट मेडिकल कलेजको आइसोलेसनमा मंगलबार बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कलेजका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय पुरुष र विराटनगर महानगरपालिका– ७ हाटखोलाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । आइसोलेसनमा उपचाररत सुन्दरहैचाका पुरुषको मंगलबार बिहान ८ः१० बजेतिर मृत्यु भएको हो । उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि पुरुषलाई उपचारका लागि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको थियो । विराटनगर ७ हाटखोलाका पुरुषको मंगलबार विहान सोढ ११ः२० मा मृत्यु भएको हो । उनलाई २१ असोजमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । मृतकमा मिर्गौलासम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!