स्थानिय निर्वाचन भएको करिब तीन वर्ष पश्चात बिराटनगर महानगरपालिकाको कामकाज प्रति विपक्षी दलका नेताहरुको धारण कस्तो रहेको छ ? कसरी मुल्यांकन गरिंदैछ विराटनगरको विकासलाई ? यसै विषयमा जसपा नेपालका महानगरपालिकाका युवानेता तथा पूर्व संघिय समाजवादी पार्टीका महानगर उपाध्यक्ष मो.नसरुल संग हिपमतकर्मी विरेन्द्रकुमार साह र प्रकाश प्रेमीले गरेको कुराकानीको सम्पादित अंंश ।

बिराटनगर महानगरपालिकाको गतिविधिलाई कसरी न्याली रहनु भएको छ ?
बिराटनगर महानगरपालिकाको विकास जुन गतीमा हुनु पथ्र्यो त्यो भएको छैन । विकासको गतीमा तिव्रता नभएकोमा विरोध पनि भएको छ, अन्य नेताहरुले आलोचना पनि गरेका छन् । तर, हामी अहिले कामको गतीलाई नजिक बाट न्याली रहेका छौ । मयेर भीमपराजुली संग बारम्वार हाम्रो छलफल भई रहेको छ । हामीले भनेका पनि छौ यदि तपाई विकास गर्दै हुनुहुन्छ भने हाम्रो सहयोग र समर्थन रहने छ यदि होइन भने हामी पनि विरोधमा उत्रिन बाध्य हुनेछौ । किनकी हामी विकास प्रति बफादार हौ । हामी तीन साल वहाँलाई हे¥यौ, के काम हुनु पथ्र्यो ? के काम भयो ? के काम गर्न बाँकि छ ? वहाँले के कति प्रतिवद्धता गर्नु भएको थिया र कति गर्नु भयो ? खाली गप्पै गर्नु भो की काम पनि गर्नु भो ? यो विषयमा हामी आफ्नो पार्टीमा समिक्षा गर्ने छौ र त्यसपछि हामी अगाडि बढ्ने छौ ।

तपाई पनि उदयमान नेता हो, तपाईलाई के लाग्छ नगरमा विकासको काम केही भएको पनि छ की छैन ?
विकासको काम जुन किसिमले हुनु पथ्र्यो त्यो चाँही देखिएन । जनातको जुन एउटा चाहना थियो, त्यो हुन सकेको छैन । किनकी वहाँ एउटा युवा नेता हो र युवाको जोश जाँगर अनुसारको काम भएको छैन । यस विषयमा हाम्रो पार्टीमा छलफल हुँदै छ र छिटै हामी निर्णय लिएर अगाडी बढ्नेछौ । यदि वहाँले आफ्नो कमी कमजोरीलाई सच्याउनु भएन भने हामी संघर्षमा पनि उत्रिन बाध्य हुने छौ ।

तपाईको पार्टी एकिकरण भयो ? धेरै पार्टी मिलेर एक ढिक्का हुनु भएको छ ?
पार्टी एकिकरण हुँदा हामीलाई खुशी लागेको छ । अधिकारबाट बञ्चित गरिएका शोसित पिडीत पार्टीहरु एक हुनु देश र जनताको लागि धेरै राम्रो भएको छ । जनता समाजबादी पार्टी उपेक्षेति जनताको आफ्नो पार्टी हो । आउँदो निर्वाचनमा गाउँ देखि केन्द्र सम्म हाम्रो बलिाये उपस्थिति हुनेछ र हामी महानगर देखि केन्द्रसमम आफ्नो सरकार बनाउन सक्षम हुने छौ ।

चुनावको केही वर्ष मात्र बाँकि छ त्यसको के कस्तो तयारी गरि रहनु भएको छ ?
हामी तयारीमै छौ अहिले पनि । अहिले हामी समायोजको प्रकृयामा छौ । समायोजनले कार्यकर्तामा एउटा नयाँ उर्जा दिने हो । साथै हामी विभिन्न कार्यक्रमहरु पनि गर्दै आइ रहेका छौ । कोरोनाको कारणले गर्दा अहिले हामी जनताको बीचमा जान सकेका छैनो । कोरोनाको कहर समान्य हुन बित्तिकै हामी जनताको बीचमा जानेछौ । जनताको माँग अनुसार नै पार्टी एकिकरण भएको हो । वहाँहरुमा पनि एउटा उत्साहको वातावरण छ किनभने जनताको कुरा उठाउन शोषित पिडीत पार्टीहरु एकठाउँमा हुनुपर्ने वहाँहरुको पनि चाहना थियो । यही विषय लिएर हामी जनतामा जाने छौ र मजबुतिका साथ अगाडी बढ्ने छौ ।

जनतामा ठूलो आरोप पनि छ नी ? मधेशका नेताहरु मधेशको मुद्दा लिएर केन्द्रमा जाने र मुद्रामा परिणत भएर मुद्दा नै छोडि दिने यसलाई कसरि लिनु भएको छ ?
केही व्यक्तिले त्यस्तो भनेको होला । तर हामीलाई थाह छ शुरु देखि नै उपेन्द्र यादवले संघियताको लागि पहिचानको लागि जसरी संघर्ष गर्नु भएको छ त्यो सम्पूर्ण नेपालीलाई थाह छ । आज देशमा संघियता आएको छ, त्यो उपेन्द्र यादवको देन हो जसलाई कसैले नकार्न सकिन्न । हो वहाँ सरकारमा जानुभो किनकी सरकारले संविधान संसोधन सहितका विषयमा सहमती सम्झौता गरेको थियो, तर त्यहाँ देखियो के भने सरकारको नियत नै ठिक छैन । पटक–पटक संविधान संसोधनको कुरा गर्दा, सरकार संग समय मांग्दा सरकारले चासो नै देखाएन किनकी शोषित जनताको विषयमा सरकारको नियत नै ठिक छैन् । यस्तो अवस्थामा सरकारमा बस्नुको कुनै औचित्य नै रहँदैन त्यसैले उपेन्द्र सर सरकारबाट निस्किनु भएको हो ।

राजनीतिमा सकृय युवानेताहरु प्रायः केन्द्रकै निर्देशन परिपालना गर्ने परम्परा देखिएको छ । तपई पनि युवा नेता हो के तपाई पनि केन्द्रद्वारा लादिएको कुरा परिपालन गर्ने हो की आफ्नो विचार पनि राख्ने पार्टीमा ?
हेर्नुस, सबभन्दा पहिला त तपाई जसपाको पृष्ठभूमिलाई बुझ्नुस् एकिकरण भएका सबै पार्टी आफैमा संघर्षशील पार्टी हो । यसका सबै नेता तथा कार्यकर्ताहरु संघर्ष गरेर अगाडी आएका छन् । वहाँहरु आफ्ना कार्यकर्ता र जनताको माइन्डेड राम्री बुझ्नु हुन्छ र त्यसै अनुसारको मास्टर प्लान बनाउँनु हुन्छ । त्यसैले कुनै कुरा लादिएको प्रश्न नै हुँदैन । वहाँहरु सबै कुरालाई विचार गरेर नै प्लान बनाउनु हुन्छ । पार्टीले कुनै निर्णय गर्दा स्थानीय स्तरबाट सुझाव लिएर नै निर्णय गर्छ । यदि तैपनि हामीलाई त्यस्तो केहि लाग्यो भने हामी केन्द्रमा आफ्नो विचार राख्छौ र वहाँहरु त्यहीं अनुसार अगाडी बढ्नु हुन्छ ।

अगामी चुनावमा जनताको मत कसरि प्राप्त गर्ने ? अहिले आवशयक परेको बेला नजाने र चुनावको बेलामा एक महिना अगाडी एक्सरसाइज गरेर चुनाव जित्न सकिन्छ ?
हामी सुरु देखि जनताकै बीचमा छौ । जसपा अहिले पनि आन्दोलनमै छ । जनताले जुन अधिकार पाउँनु पर्थो त्यो अधिकार पाएको छैन । संघर्ष अहिले पनि जारी नै छ । अहिले पाएको अधिकार केही सिमित नेताहरुको मात्र छ । जनतालाई यो देशमा प्रदेशम सरकार पनि छ की छैन जस्तो लागि रहेको छ । रोजगारीको अवस्था हेर्नुस्, धान काट्ने बेला आइ सक्यो अहिले सम्म मलको अतोपतो छैन् । किशानको पिडा कस्ले बुझ्ला ? कोरोना संक्रमितहरु उपचार नपाएर घरमै बस्न बाध्य छ, हरेक क्षेत्रको अवस्था त्यस्तै हो । सरकार जनताको भावना बुझि रहेको छैन, तर हामी जहिले पनि जनताको साथमा छौ । हाम्रो आवश्यकता जहाँ हुन्छ हामी जनताको साथ रहन्छु । जनताको बीचमा रहेर काम गछौं ।

प्रदेश सरकारले काम गरेन जनताको भावना बुझेन अब तपाईहरुको एक्सन के हुन्छ ?
प्रतिपक्षी पार्टीको जुन भूमिका हुन्छ, हामी त्यही गर्छौं । सरकारलाई खबरदारी गराउँछौं । जनात पनि बुझि रहेको छ । आउँदो चुनावमा जनातले यसको हिसाब अवश्य लिने छ । स्थीर सरकार मजबुत सरकारको नाउँमा जनताले दुई तिहाइ बहुमतले जितायो तर, जनताको मनमा जुन आक्रोश छ त्यो अगामी चुनावमा देखाउँछ जनताले । हामी जनताको साथमा छु । जनताको शुख–दुखको साथमा छु र साथ रहन्छु । यही हाम्रो तैयारी पनि हो ।

विभिन्न विचारधाराका नेताहरु मिलेर पार्टी एकिकरण गर्नु भएको हो ।  फुट्ने सम्भावना कतिको छ ?
मैले पहिला पनि भनि सके एकिकरण भएका सबै पार्टी संघर्ष गरेर आएको पार्टी हो । विभिन्न विचारधारा भएका नेताहरु भएपनि वहाँहरु शोषित, पिडीत, उपेक्षीत आम जनताको पक्षमा संघर्ष गरेर आउनु भएको हो । हिमाल पहाड तराई मधेश हरेक क्षेत्रमा वहाँहरु संघर्ष गर्नु भएको छ । वहाँहरु व्यक्ति मात्र न भएर एउटा परिवर्तनकामी शक्ति हो जो देशलाई एउटा नयाँ उर्जा दिन सक्छ । यी परिवर्तकामी शक्तिहरु एकै ठाउँमा अउनु पर्ने चाहना हिमाल पहाड तराई मधेश हरेक ठाउँको जनतामा थियो । समग्र देशको चाहना अनुसार वहाँहरु एकै ठाउँमा आउनु भएको हो । त्यसैले पार्टी फुट्ने त कुरै नगर्नुस् । यो पार्टी मजबुतिका साथ अगाडी बढ्ने छ ।

त्यसो भए आउँदो चुनावमा जसपाको स्थान के हुन्छ, तपाईको विचारमा ?
यो देशको जनाता दुई तिहाइको सरकारबाट यति दुख पाइ सकेको छ की अब जसपालाई देशको नम्वर एक पार्टी बनाउँने छ । आँउदो निर्वाचनमा जनता समाजबादी पार्टि देशको एक नम्वर पार्टी हुनेछ । किनकी हामी हरेक क्षेत्र, समुदायका कुरा उठाइ रहेका छौ, आदिवासी जनजाति, दलित गरिब, मुस्लिम, मधेशी सबैको अवाज उठाइ रहेका छौ । वहाँहरुको शुख–दुखको साथमा छौ । त्यसैले आउँदो निर्वाचनमा जसपा नेपालको नम्वर एक पार्टी हुनेछ ।

स्थानीय चुनावमा विराटनगरमा जित्नु भएन नी ?
हामी हारेका पनि कहाँ छौ र ? हाम्रो सात हाजर मत बदर भएको छ । त्यो सात हजार मतलाई तपाई के भन्ने ? सात हजार जनता त हाम्रो पक्षमा थियो नी । अनि तपाई नै भन्नुस हामी जितेका छौ की हारेका छौ । तर, टेक्नीकल समस्याले गर्दा हाम्रो उम्मेदवार मेयर हुन सकेन । तै पनि हामी ६ वटा वाडमा जितेकै छौ । केहि वाडमा केही मतले हामी हार्यौं । यसलाई तपाई हार भन्दा पनि टेक्नीकल समस्याको रुपमा बुझ्नु पर्छ ।

अगामी चुनावमा मत बदर नहुनको लागि के गर्नु हुन्छ ?
त्यसको गृहकार्य हामी गर्छौ । पहिला देखि नै सचेत भएर जनताको घरघरमा गएर भोट कसरी हाल्ने विषयमा जनचेतना जगाउँछौ । एउटा पनि मत बदर नहोस भन्ने विषयमा जनतालाई जागरुक बनाउँनेछौ ।

अब चुनाव हुँदा तपाई को भुमिका के हुन्छ ? कुनै पदको तयारी गर्नु हुन्छ की ?
म अहिले पार्टीको लागि काम गर्दै छु । पार्टीलाई आवश्यक लागेको खण्डमा पार्टीले दिने हरेक जिम्मेवारी लिन म तयार छु ।

तपाईको आफ्नो व्यक्तिगत इच्छा के छ ?
इच्छा त मुख्यमन्त्री बन्ने नै हुन्छ तर, इच्छाले त हुँदैन । आफ्नो इच्छा भन्दा पनि पर्टीले दिएको जिम्मेवारी वहन गर्नु मेरो लागि ठुलो कुरा हो । पर्टीले जहाँ जुन जिम्मेवारी दिन्छ त्यो लिन म हमेशा तयार रहन्छु ।

अन्तमा के भन्न चाहनु हुन्छ ?
अन्तमा म के भन्न चाहन्छु भने विराटनगर महानगरपालिकामा जुन एउटा कामको स्पीड हुनु पथ्र्यो, त्यो देखिएन । विराटनगर भन्नको लागि त देशको दोस्रो ठूलो शहरको रुपमा चिन्नछ तर यहाँ त्यस्तो केहि देखिदैन । यहाँ कमसेकम एक दिन पनि मान्छे ठहरनु पर्ने त्यस्तो केहि छैन । बाहिर बाट आएका पर्यटकहरु इटहरी, धराण वा भेडेटारमा गएर बस्छ, विराटनगरमा बस्दैन । त्यसलाई हामीले सुधार्नु पर्छ । विराटनगर राम्रो बनोस, सुन्दर बनोस, विराटनगर नेपालकै नमूना शहर बनोस हाम्रो इच्छा छ, हाम्रो धारणा छ र हामी यसका लागि पनि पहल गर्ने छौ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!