सुशान्त सिंह राजपूत मृत्यु प्रकरणबाट निम्तिएको ड्रग्स केसमा रिया चक्रवर्तीले बम्बे हाईकोर्टबाट जमानत पाएकी छिन् । रियाले अब यस्ता मानिसहरुविरुद्ध कानूनी कारवाही गर्ने तयारी गरेकी छिन् जसले केसको अनुसन्धानका बेला कुनै आधार बिना नै बयान दिएका थिए ।

रियाले सिबिआईसमक्ष आफ्नी ती छिमेकीविरुद्ध कारवाही गर्न माग गरेकी छिन् जसले मिडियालाई झुटो बयान दिएर केसको दिशा भट्काउने कोसिस गरेकी थिइन् । यसमा रियालाई रितेश देशमुखले समर्थन गरेका छन् ।

समाचार एजेनसी पिटिआईको रिपोर्ट अनुसार सिबिआईको विशेष समूहकी मुखिया नूपुर शर्मालाई लेखिएको पत्रमा रियाले उनकी छिमेकी डिम्पल थवानीले झुटो बयान दिएको बताएकी छिन् । डिम्पलले १३ जून मा रिया सुशान्तसँग देखिएको दाबी गरेकी थिइन् । तर सीबीआईको छानबिनको क्रममा रिया र सुशान्तबीच जून १३ मा भेट भएको खबर झुटो निस्किएको थियो । सुशान्तको १४ जूनमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

रियाले आफ्नो पत्र वकिल सतिश मानशिन्देमार्फत् सीबीआईलाई दिएकी छिन् ।

रियाको यो कदममा रितेश देशमुखले समर्थन गरेका छन् । उनले ट्वीट गर्दै भने, ‘तिमीले थप शक्ति बटुल्नु । वास्तविकता भन्दा ठूलो शक्ति केहीमा हुँदैन । ’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!