शुक्रबार, माघ ०३, २०७६ || 1201  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,३ माघ:चर्चित गायक राजेन्द्र बुढाथोकीको स्वरमा रहेको बिल्कुलै नया “टाला टुली बटुली” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतको भिडियोमा छोटो समयमा नै धेरै चर्चा कमाउन सफल तथा कलाका धनि चर्चित मोडल तथा नायक सागर लम्शाल(बले) र उनको साथमा धेरै म्युजिक भिडियो खेलीसकेकी तथा दर्शकको मन मुटुमा बस्न सफल मोडल अन्जली अधिकारीको अभिनय रहेको देख्न सकिन्छ । सार्बजनिक गीतमा लोक राज अधिकारीको सब्द तथा अर्जुन पोख्रेल को संगीतले सजिएको छ भने मोहित मुनालले एरेञ्ज गरेका छन् । सान थापाको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो गज्जबको बनेको छ भने राजिभ समरले कोरोयोग्राफ गरेका छन् । उक्त सार्बजनिक गरिएको म्युजिक भिडियोलाई छायाकार अर्जुन तिवारी र उनको टिमले छायांकन गरेको छ ।शिलन लम्शालले सम्पादन गरेको उक्त म्युजिक भिडियोलाई सार्बजनिक भएको केहि समयमै धेरैले धेरै दर्शकहरुले हेरी सकेका छन् भने धेरैले मन पराईसकेका छन् । सो गीतको भिडियोलाई टि एल एन मिडिया बाट सार्बजनिक गरिएको छ भने धेरैले सो भिडियो हेरेर सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!