मंगलबार, आश्विन २७, २०७७ || 651  पटक पढिएको

मोरङको उर्लाबारी नगरपालिकाको सबै सेवा सोमबारबाट बन्द गरिएको छ । मेयर खड्ग फागोसहित नगरका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान गरिँदै आएका सेवा बन्द गरिएका हुन् ।

सेवा बन्द गरिएको बारेमा नगरपालिकाले सूचना जारी गरेको छ । मेयर फागोसहित संक्रमित कर्मचारीको सम्पर्कमा रहेका जनप्रतिनिधि र अरु कर्मचारीको पीसीआर परीक्षण गराउनुपर्ने भएकाले रिपोर्ट नआएसम्म सेवा बन्द नै रहने नगरपालिकाले जनाएको छ ।

फागोका अनुसार पीसीआर परीक्षणका लागि अरु कर्मचारी र जनप्रतिनिधिको स्वाब संकलन सुरु गरिएको छ । पाँच दिनअघि उनका सवारी चालक इन्द्र आपागाईंमा कोरोना पुष्टि भएको थियो । त्यसपछि होम क्वारेन्टाइनमा बसेका नगर प्रमुख फागो र नगर स्वास्थ्य शाखा संयोजक सुरेश खड्कालाई पनि कोरोना देखिएको छ ।

फागोले कार्यालयहरु बन्द गरिएपछि सेवाग्राहीमा असुविधा पर्न सक्नेभन्दै कम्तीमा तीन दिनसम्म सेवा प्रवाह गर्न नसकिने उल्लेख गरेका छन् । उनले कोरोनाको संक्रमण फैलन सक्नेतर्फ सबै सचेत हुनुपर्ने र सावधानी अपनाउनु पर्नेमा जोड दिएका समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!