आजकाल भारतीय टेलिभिजन दुनियाँमा बिग बस १४ को चर्चा छ । बिग बस १४ को पहिलो विकेन्डको वारमा कार्यक्रम प्रस्तोता सलामान खानले नयाँ प्रतिस्पर्धीलाई खेलमा राम्रोसँग अघि बढ्न चेतावनी दिए । यसपटक सलमान खानले नक्कली टिआरपी हासिल गर्नेहरुमाथि पनि कटाक्ष गरेका छन् । बिग बस १४ को विकेन्ड वारमा सलमानले प्रतिस्पर्धीलाई टिआरपीका पाउनका लागि केही न केही गरिराख्न सुझाए यसो नगरे आफ्नो कार्यक्रम बन्द हुने पनि उनले बताए ।

सलमानको अर्नबमाथि कटाक्षः

यद्यपि, यति भनिराख्दा सलमानले न त कुनै च्यानलको नाम लिए न कुनै कार्यक्रम प्रस्तोताको नै तर उनले जे पनि भने त्यो हेर्दा उनले आफ्नो भनाइ को तर्फ इंगित गरेका हुन् भनेर राम्रोसँग बुझ्न सकिन्छ । प्रतिस्पर्धीलाई सम्झाउँदै सलमान खानले भने, ‘बिग बस भित्र वा कुनै कार्यक्रम भित्र तपाईंले सही गेम खेल्नुपर्छ । टिआरपीका लागि जे पनि खेल्ने भनेको होइन । तिमीहरु निकै राम्रोसँग अघि बढिरहेका छौ, पहिलो दिन देखि नै… तिमीहरुका लागि जे प्रतिक्रिया पाइरहेको छु, त्यो मैले कहिले पनि पाएको थिइनँ । यसलाई थप ठूलो र राम्रो बनाउनका लागि सच्चाई र इमान्दारिताका साथ खेल्नुहोस् । यार यसले त बकवास गरिरहेको छ, झुटो बोलिरहेको छ, चिच्याइरहेको छ, त्यसरी होइन । उनीहरुले तपाईंको च्यानल बन्द गरिदिनेछन् । मैले अप्रत्यक्ष जे भन्नु थियो, त्यो मैले भनिदिएँ ।’

नक्कली टिआरपीमाथि कटाक्षः

स्मरण रहोस्, नक्कली टिआरपीमा टिभी च्यानल रिपब्लिक टिभीको नाम सार्वजनिक भएको छ । यो नक्कली टिआरपी खुलासामा प्रहरीले सुशान्त सिंह राजपूत मृत्युको समाचार कभरेजका बेला च्यानलले कसरी नक्कली टिआरपी हासिल गर्यो भन्ने जानकारी दिएको छ । यसमा दुई मराठी च्यानलका मालिकलाई पनि पक्राउ गरिएको छ । नक्कली टिआरपीको काण्ड सार्वजनिक भएपछि च्यानलको मज्जाले ट्रोल भइरहेको छ । मानिसहरुले आफ्नो रिस मिडियामाथि पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!