सोमबार, आश्विन २६, २०७७ || 1801  पटक पढिएको

सिरहाको लहानमा रहेको राम कुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालबाट दिईने सेवा ठप्प भएको छ । आज अस्पतालले सूचना जारी गरी आकस्मिक सेवा १२ घण्टाका लागी ठप्प गरिएको जानकारी दिनुभयो । आकस्मिक सेवा निर्मलिकरण गरी सुचारु गरिने सुचनामा उल्लेख छ । अस्पतालका अन्य केही कर्मचारीमा समेत त्यस्ता लक्षण देखिएकाले पिसिआर रिपोर्ट न आउन्जेल अस्पतालबाट दिदै आएको आकस्मिक सेवा बाहेक अन्य सेवा अर्को सूचना नआए सम्म ठप्प रहने अस्पतालका प्रमुख सुनिल प्रसाद कुशवाहा द्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ । अस्पतालले निरन्तर दिदै आईरहेको सेवा बन्दको कारण सेवाग्राहीलाई भएको असुविधा प्रती अस्पतालद्वारा खेद प्रकट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!