बलिउडका ३८ फिल्म कम्पनीहरुले फिल्म उद्योगको छबि बिगारिएको भन्दै समाचार च्यानलहरुविरुद्ध मुद्दा दायर गरेका छन् । सोमबार ती कम्पनीले दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका हुन् । ती कम्पनीले केही मिडिया हाउस र टिभी पत्रकारहरुलाई बलिउडका विषयमा गैरजिम्मेवार, अपमानजनक र निन्दनीय मिडिया ट्रायले रोक्न समेत अपिल गरेका छन् ।

मुद्दा दायर गर्नेहरुमा बलिउड अभिनेता शाहरुख खान, आमिर खान, अजय देवगन लगायतका ठुला प्रोडक्सन हाउसहरु रहेका छन् । पछिल्ला ४ महिनायता थुप्रै मिडिया र पत्रकारहरुले बलिउड अभिनेता र सो क्षेत्रका विषयमा थुप्रै आरोप लगाइएको ती कम्पनीको आरोप छ । खासगरी ड्रग्स केसको अनुसन्धानका क्रममा धेरै बलिउड सेलीब्रेटीहरुलाई यसमा जोडिएको थियो ।

दिल्ली उच्च अदालतमा दायर गरिएको सिविल सुटमा रिपब्लिक टिभी र टाइम्स नाउलाई सामेल गराइएको छ । रिटमा रिपब्लिक टिभीका अर्नब मुखर्जी र अन्य पत्रकारहरु प्रदिप भण्डारी, राहुल शिवशंकर र नविका कुमारलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!