सोमबार, आश्विन २६, २०७७ || 480  पटक पढिएको

मूल्य अभिवृद्धि करमा दर्ता भएर नियमित रुपमा २९ हजार फर्म तथा कम्पनीहरु गायब भएका छन् । आन्तरिक राजश्व विभागका अनुसार २०७५ असार मसान्तसम्मको कर विवरण पेश नगरेका करदाताको संख्या २९ हजार ४ सय ४७ जना छ । ती कम्पनीहरुले २०७५ असार मसान्त वा त्योभन्दा अघि विभिन्न समयदेखि आफ्नो कारोबारमा आधारित विवरण बुझाएका छैनन् ।

त्यसरी भ्याट नबुझाउने कम्पनीमा करदाता सेवा कार्यालय र आन्तरिक राजश्व कार्यालयमा दर्ता भएका फर्महरु बढी छन् । मध्यमस्तरीय करदाता कार्यालयको एउटा कम्पनीले समेत उल्लेखित विवरण नबुझाएको विभागले जनाएको छ । ठूला करदाता कार्यलयमा दर्ता भएका भने कुनै पनि कम्पनी त्यसरी गायब भएका छैनन् ।

विभागले त्यसरी गायब भएका कम्पनीलाई फागुन मसान्तभित्र आफ्नो आफूले तिर्नुपर्ने दस्तुर र त्यसमा लाग्ने ब्याजको रकमको ५० प्रतिशत बुझाएमा थप जरिवाना, ब्याज र दस्तुर मिनाह गर्ने जनाएको थियो । आर्थिक ऐनमा भएको व्यवस्था अनुसार विभागले त्यसरी विवरण पेश नगर्ने कम्पनीको नामावली सार्वजनिक गरेको हो ।

नेपालमा मूल्य अभिवृद्धि करको प्रचलन सुरु भएको २०५४ सालदेखि हो । २०७७ असार मसान्तसम्म कुल २ लाख ५८ हजार ६ सय ७५ वटा कम्पनी मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् । भ्याटको प्रचलन सुरु भएकै वर्ष दर्ता भएर सोही वर्षदेखि सम्पर्कविहीन रहेका कम्पनीको संख्या १९ रहेको छ ।

यो वर्षैपिच्छे बढ्दै गएर २०७० सालमा एकैपट गायव हुनेको थप संख्या ४ हजार ६६ पुगेको छ । त्यस्तै, २०७४ सालदेखि विवरण नबुझाउनेको संख्या ३ हजार ९ सय ४४ थियो । २०७५ सालमा भने यो दर घटेर ७९१ मा झरेको छ ।

कुन वर्ष कति भए गायव ?

२०५४ देखि – १९ वटा
२०५५ देखि – ५९ वटा
२०५६ देखि – ११६ वटा
२०५७ देखि – ५९ वटा
२०५८ देखि – १३३ वटा
२०५९ देखि – ३२७ वटा
२०६० देखि – ३५४ वटा
२०६१ देखि – ५०५ वटा
२०६२ देखि – ६४८ वटा
२०६३ देखि – ७५६ वटा
२०६४ देखि – ८७४ वटा
२०६५ देखि – १२४८ वटा
२०६६ देखि – १३३३ वटा
२०६७ देखि – १४८२ वटा
२०६८ देखि – १४०९ वटा
२०६९ देखि – १७८३ वटा
२०७० देखि – २६२८ वटा
२०७१ देखि – ४०६६ वटा
२०७२ देखि – २९४७ वटा
२०७३ देखि – ३७१२ वटा
२०७४ देखि – ३९४४ वटा
२०७५ देखि – ७९१ वटा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!