शोधकर्ताका अनुसार कोभिड–१९ को लागि जिम्मेवार कोरोना भाइरस नोट, फोनको स्क्रिन र स्टेनलेस स्टील जस्ता केही सतहमा २८ दिनसम्म बाँच्न सक्छ । अष्ट्रेलियाका नेशनल साइन्स एजेन्सीका अनुसार SARS-Cov-2 भाइरस केही सतहमा केही लामो समयसम्म जीवित रहन सक्छ । यो शोध अँध्यारो एवं स्थिर तापमानमा गरिएको थियो । जबकी के पनि पुष्टि भएको छ भने अल्ट्राभाइलेट किरणको प्रयोगले यो कोरोना भाइरस नष्ट हुन्छ । कतिपयले भने यसमा सन्देह गरेका छन्, सतहमा रहने कोरोना भाइरस मान्छेलाई संक्रमित बनाउने वास्तविक जोखिम कति छ ?

धेरैजसो अवस्थामा कोरोना भाइरसको संक्रमण व्यक्तिले कुरा गर्दा वा खोक्दा निस्कने थुकका छिटाबाट सर्ने गर्छ ।

शोधमा के भनिएको छ ?

यसअघि ल्याबमा भएको परीक्षणबाट के पुष्टि भएको थियो भने नोट र काँचमा कोरोना भाइरस दुई देखि तीन दिनसम्म जीवित रहन सक्छ । जबकी स्टेनलेस स्टीलको सतहमा यो ६ दिनसम्म बाँच्न सक्छ । अहिले ल्याबको नतिजामा थोरै फेरबदल देखिएको छ । यद्यपि अष्ट्रेलियन एजेन्सी सीएसआइआरओको एक नयाँ अध्ययन अनुसार यो भाइरस एकदमै बलियो छ र २० डिग्री सेल्सियसको तापमान र अँध्यारोमा मोबाइल फोनको सिसा, प्लाष्टिक, पैसाको नोट जस्तो चिल्लो सतहमा २८ दिनसम्म जीवित रहन सक्छ । कोरोना भाइरसको तुलनामा यस्तै परिस्थितीमा फ्लुको भाइरस १७ दिनसम्म जीवित रहन्छ ।

भाइरोलजी जर्नलमा प्रकाशित रिसर्च अनुसार चिसो तापमानको तुलनामा तातो तापमानमा यो भाइरस कम समयसम्म जीवित रहन सक्छ । ४० डिग्री सेल्सियसमा राख्दा केही सतहमा यो भाइरस २४ घण्टाभित्र संक्रामक हुँदैन । चिल्लो सतहमा यो लामो समय बाँच्न सक्छ भने कपडा जस्तो सतहमा यो लामो समय बाँच्न सक्दैन ।

यसमा केही असहमति छ ?

कार्डिफ युनिभर्सिटीका कमन कोल्ड सेन्टरका पूर्व निर्देशक प्रोफेसर रान एक्सेलले यो रिसर्चको आलोचना गरेका छन् । उनका अनुसार कोरोना भाइरस २८ दिनसम्म रहनसक्छ भनेर मान्छेमा अनावश्यक डर पैदा गरिएको हो ।

उनले भनेका छन्, यो भाइरस थुकको छिटा वा फोहोर हतमा फैलन्छ । तर, यो रिसर्चमा भाइरस फैलने कारणको रुपमा मान्छेको थुक एवं खकारको प्रयोग गरिएको छैन । मान्छेको ताजा खकारमा धेरै मात्रामा ह्वाइट सेल्स हुन्छ, जसले भाइरस नष्ट गर्नका लागि इन्जाइम बनाउँछ । खकारमा भाइरससँग लड्नका लागि एन्डिबडी र केमिकल पनि हुन्छ । उनले भनेका छन्, ‘मेरो विचारमा संक्रामक भाइरस सतहमा झरेको खकारमा केही घण्टासम्म मात्र बाँच्न सक्छ, केही दिनसम्म होइन ।’

यसै बर्ष जुलाईमा रटगर्स युनिभर्सिटीमा माइक्रोबायोलोजीका प्रोफेसर इमानुएल गोल्डमेनको एक पेपर चर्चित पत्रिका लेसेन्टमा छापिएको थियो, जसमा भनिएको थियो कि सतहमा परेको थुकको कणबाट संक्रमणको खतरा कम छ ।

कति उपयोगी छ यो रिसर्च ?

सीएसआईआरओका मूख्य कार्यकारी अधिकारी डा. लैरी मार्शल भन्छन्, ‘कुनैपनि सतहमा यो भाइरस कति समयसम्म टिक्न सक्छ । यो जानकारीले हमीलाई भाइरस नष्ट गर्ने प्रयास, संक्रमण न्युनिकरण गर्न र मान्छेलाई बचाउनमा मद्दत गर्छ ।’ रिसर्चमा सामेल सदस्यका अनुसार चिसो परिस्थितीमा स्टेनलेस स्टीलमा भाइरस लामो समयसम्म जीवित रहन सक्छ जसले गर्दा कोभिड १९ को महामारीको गंभिर असर मासु प्रशोधन केन्द्र, कोल्ड स्टोरेज सुविधा भएका आसपासमा के होला ? विश्वभरको तथ्यांक हेर्ने हो भने मासु प्रशोधन केन्द्रमा काम गर्ने हजारौं व्यक्ति कोरोना संक्रमित भएका छन् ।

यसअघि भाइरस संक्रमणका धेरैजसो कारणमध्ये बन्द कोठामा कम गर्नु, चिसो एवं ओसिलो माहौल बनाइरहनु पनि थियो । साथै चर्को ध्वानी भएको स्थानमा काम गर्नेहरु चर्को स्वरमा बातचित गर्नुपर्ने भएकाले उनीहरुमा पनि यो संक्रमण फैलने जोखिम थियो ।

सीएसआईआरओका शोधकर्ताका अनुसार उनीहरुको शोधको नतिजा विगतमा आएको शोधको नतिजासँग मेल खान्छ, जसमा फ्रिजरमा राखिएको ताजा खानामा भाइरस अधिक समयसम्म जीवित रहन सक्छ । यद्यपि विश्व स्वास्थ्य संगठनका अनुसार खानेकुराको माध्यामबाट अहिलेसम्म कोरोना सरेको पुष्टि भएको छैन ।  बिबिसीबाट

यो पनि हेर्नुस् :  राती घरमा लुकेर जबर्जस्ती करणी गर्‍यो 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!